arrow

नेपाली सेनाले सेना दिवस मनाउँदै, टुडिखेलमा विशेष कार्यक्रम

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
nepal-army-1.jpeg
काठमाडौं । नेपाली सेनाले विशेष कार्यक्रमका बीच सेना दिवस मनाउँदैछ । हरेक वर्ष शिवरात्रीका दिन मनाइने सेना दिवस राजधानीको सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रम हुने गर्दछ । 
 
सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले विशेष समारोह गर्न लागेको हो । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् ।
 
सेना दिवसको खुसियालीमा शुक्रबार साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने छ ।
 
कार्यक्रममा सहभागी हुने जो कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ