arrow

नेपाली राजनीति विचारविहीन हुँदैछ, थ्रेसहोल्ड त्यसकै नमूना हो – नारायणमान विजुक्छे

राजनीति भ्रष्टाचार गर्ने र पैसा लुट्ने तन्त्र भयो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
narayan-new-.jpg.jpeg
काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली राजनीति विचारविहीन हुँदै गएको बताएका छन् । हाम्राकुरासंगको विशेष कुराकानीमा नेता विजुक्छेले अहिले संसदमा पेश भएको थ्रेसहोल्डको विषय राजनीतिलाई विचारविहीन बनाउने षडयन्त्रबाट नजिक रहेको बताए । 
 
उनले दलहरु वैचारिक भावनाले चल्नुपर्नेमा बल, पैसा र शक्तिबाट केन्द्रीत हुँदै गएको स्पष्ट पारे । थ्रेसहोल्ड राखिंदा विचारको राजनीति सकिने उनको दाबी छ । 
 
आफूहरुले थ्रेसहोल्डको सधै विरोध गरिरहेको बताउँदै अध्यक्ष विजुक्छेले यो कुनै पनि हालतमा ल्याउनु नहुनेमा जोड दिए । उनले नेपाली राजनीति भ्रष्टाचार गर्ने र पैसा लुट्ने गतिविधितर्फ उद्दत भएको जिकीर गरे । 
 
शीर्ष दलहरुले साम्प्रदायिकतालाई चर्काउन पनि यो गतिविधि तीव्र पारेको नेता विजुक्छेको तर्क छ । उनले राजनीतिमा चिन्तनको कुरा नआएको भन्दै चिन्तासमेत जनाएका छन् । 
 
विजुक्छेका अनुसार थ्रेसहोल्ड राख्नुभन्दा पार्टीहरुको नियम कडा बनाउनु पर्छ । त्यस्तै जनतासंग प्रत्यक्ष सहभागी भएर छलफल चलाउनु पर्छ । राजनीति स्कुल अफ थट भएकाले संचारमाध्यममा वहस गरिरहनु पर्छ । 
 
नेमकिपाले बिहीबारको संसदमासमेत नाराबाजी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ