arrow

भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया २६० रनमै समेटियो

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
cricket.jpeg
पुने । भारतको पुनेमा भइरहेको भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया २६० रनमै समेटिएको छ । अष्ट्रेलियाले ९४.५ ओभरमात्र क्रिजमा टिकेर सो योगफल जोडेको हो ।
 
ओपनिङ ब्याट्सम्यान माट रेन्शाको ६८ तथा मिचेल स्टार्चको ६१ रन महत्वपूर्ण रह्यो । उमेश यादवले ४ तथा रविचन्द्रन आश्विनले ३ विकेट लिए ।
 
जवाफमा व्याटिङमा उत्रिएको भारत उच्च योगफलतर्फ अगाडि बढेको छ । तर भारतले २६ रन जोड्दा ओपनिङ ब्याट्सम्यान मुरली विजय व्यक्तिगत १० रनमा आउट भए ।
 
शुक्रबार दोस्रो दिनको खेल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ