arrow

स्त्री भक्त रावणको नजरमा महिलाका ७ अवगुण

जुन रावणले मन्दोदरीको व्यवहारको आधारमा भनेका थिए

logo
कल्की अवतार,
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
mandodari_14_01_2016.jpeg
काठमाडौं । मान्छेलाई कसैको गुण कसैको अवगुण लाग्न सक्छ । मनपरेको मान्छेको गुण मननपरेको मान्छेको लागि अवगुण हुनसक्छ । तर, जुनसुकै महिलादेखे पनि आकर्षित भईहाल्ने रावणले भने आफ्नी प्रिय स्त्री वा श्रीमती मन्दोदरीको आधारमा महिलाहरुको विशेषतः ८ अवगुणहरुको बारेमा बताएको कुरा राम चरित्र मानसनामक पुस्तकमा उल्लेख गरिएको छ । 
 
जव सीताहरण गरिसकेपछि वानर सेनाहरु श्रीरामको नेतृत्वमा लंका गएका थिए । सो समयमा समुद्र पार गरी वानर सेना सहित आएका श्रीरामसँग युद्ध नगर्न र सीता फिर्ता गरी उनीहरुसँग क्षमा माग्न मन्दोदरीले रावणसँग आग्रह गरेकी थिईन् । सोही समयमा रावणले हँसिलो मुद्रामा अरु सबै राम्रो भएपनि स्त्रीहरुको ८ वटा चाहिँ अवगुण हुने भनेर भनेको थिए । त्यो उनले समग्र स्त्रीहरुको लागि भनेका हुन् । 
 
१. माया रचना
रावणका अनुसार स्त्रीहरुको सबैभन्दा ठूलो अवगुण भनेको नै आफूलाई कुनै कुरा हाँसिल गर्नुछ भने उनीहरुले पुरुष जातीलाई माया जालमा फसाएर आफ्नो स्वार्थ पूरा गरिहाल्छन् । जव स्त्रीको मायाँजालमा फस्छन् अनि पुरुषहरु स्त्रीमा वशिभूत हुन थाल्छन् । उदाहरण दिँदै मन्दोदरीलाई रावणले तिमीले पनि मलाई माया जालमा फसाएर रावणसँग युद्ध नगर्न भनेकी छ्यौ । 
 
२. चञ्चलता
स्त्रीहरुमा पुरुषको तुलनामा अत्यधिक चन्चलता र परिवर्तित विचार हुन्छ । जसका कारणले उनीहरु अधिकांश समयमा सहि विचार लिनको लागि असमर्थ हुन्छन् । उनीहरु तत्कालीन समयको लागि जायज जस्तो विचार सोच्छन् तर त्यो विचारले दीर्घकालको लागि फाईदा गर्दैन । त्यसैले यो पनि महिलाहरुको अवगुण हो । 
 
३. निर्दयीता 
महिलाहरु एकदमै दयावान हुन्छन् । तर, एकपटक उनीहरुमा दया मरेपछि भने उनीहरुमा कहिलैपनि दया फर्किएर आउँदैन । एकदमै कठोर बन्नु र ऊ प्रति सधै निर्दयीता व्यक्त गर्नु पनि महिलाहरुको एउटा अवगुण हो । बेकामको साहस 
 
४. अनावश्यक साहस
रावणका अनुसार महिलाहरुमा पुरुषको भन्दा पनि बढी साहस त हुन्छ । तर, उनीहरुले साहसलाई चाहिएको बेलामा प्रयोग गर्न सक्दैनन् । सानोतिनो र अनावश्यक ठाउँमा साहसिलो बन्ने र चाहिएको ठाउँमा साहस लुकाउने हुनाले महिलाहरुको साहसले काम गर्ने भन्दा पनि विगार्ने काम बढी गर्छ । त्यसैले यो पनि महिलाहरुको अवगुण मध्येको एक हो । 
 
५. चाहिएको बेलामा बढी डराउनु 
महिलाहरु आफूभित्रको साहस चाहिएको बेलामा देखाउन सक्दैनन् र सानोतिनो व्यवधानहरुमा पनि एक्कासी डराउने गर्दछन् । उनीहरु आफू मात्रै डराउँदैनन् कि परेको बेलामा झनै अरुलाई समेत रोक्ने कोशिस गर्दछन् । यो महिलाहरुको पाँचौं अवगुण हो  
 
६. अविवेकी वा मुर्खता 
महिलाहरुमा कहिलेकाहीँ अविवेकीपन आउँछ । उनीहरु अरुको राम्रो सुन्न सक्दैनन् र आफ्नो नराम्रो पनि खप्न सक्दैनन् । अनि उनीहरुको मुर्खतापूर्ण व्यवहार सुरु भईहाल्छ । यसरी अविवेकी र मूर्खता पनि महिलाहरुको छैटौं अवगुण हो । 
 
७. झुट बोल्नु 
झट्ट हेर्दा महिलाहरु सत्यबोल्ने तथा पुरुषहरु झुट बोल्छन् भन्ने हुन्छ । तर रावणका अनुसार बाहिर जति सत्य देखिन्छ महिलाहरु भित्र त्यस्तै झुट बोल्ने गर्दछन् । यो पनि उनीहरुको अवगुण हो । 
 
प्रस्तुत सामग्रीहरु धर्मशास्त्रमा उल्लेख गरिएकाे विषयलार्इ जस्ताकाे त्यस्तै प्रस्तुत मात्रै गरिएकाेले  कुनै जातिलार्इ हाेच्याउने र मानमर्दन गर्ने प्रयाेजनकाे लागि उल्लेख नगरिएकाे व्यहाेरा अवगत गरार्इन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ