arrow

आरक्षपीडित र प्रहरीबिच झडप,आन्दोलन जारी राख्ने संघर्ष समितिको भनाइ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
Suklafata.jpg.jpeg
कञ्चनपुर ।   पूर्नस्थापनाको माग राख्दै आन्दोलनमा उत्रेका शुक्लाफाँटा निकुञ्ज आरक्षपीडित र प्रहरीबिच झडप भएको छ । आरक्षपीडित संघर्ष समिति कञ्चनपुरको अगुवाईमा पूर्व पश्चिम महेन्द्रराजमार्ग बन्दका क्रममा कलुवापुरमा प्रहरी र आन्दोलनकारी बिच झडप भएको हो । 
 
महेन्द्रनगरदेखि धनगढी विमानस्थल जाने अत्यावश्यक यात्रु चढेको बस जान दिनुपर्ने भन्दै प्रहरीले राजमार्ग खुलाउन पीडितमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आन्दोलनकारीले अटेरी गर्दा बल प्रयोग गरेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख प्रकास बहादुर चन्दले अटेर गर्दा लाठी चार्ज गरिएको बताए ।
 
 प्रहरीको लाठी चार्जबाट आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरा सिह भण्डारी, सल्लाहकार गोबिन्द नेपाली, श्याम परियार, पार्वती भाट, जितु माझी, जयन्त चन्द, भुपेन्द्र सिह, धन सार्की, पर्मल रोकाया, मदन सिह बोहरा, नरेश सुनार, धनिराम चौधरी लगायत सय भन्दा बढि पीडितका पीडित घाईते भएका पीडितहरुले बताएका छन् । यता प्रहरी तर्फ पनि घाईते भएका छन् । घाईतेहरुको महाकाली अञ्चल अस्पताल लगायतका अस्पतालमा उपचार भईरहेको छ । शसस्त्र प्रहरी निरीक्षक पदम भट्ट सहित चार सशस्त्र प्रहरी र नेपाल प्रहरीका चार प्रहरी समान्य घाईते भएका छन् । 
 
प्रहरीले आरक्ष पीडित मोतीलाल ढगौँरा, भगिरथ भट्ट, दमन भाट, पार्वती थापा, हरि टमाटा, शेरसिह विष्ट, ठुले चुनारा र विष्णूदत्त भट्टलाई ईलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको छ । प्रहरीले भिडतितर वितर गर्नका लागि १९ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । 
 
आरक्षपीडितले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् । आरक्षपीडित संघर्ष समितिका सल्लाहकार गोबिन्द नेपालीले प्रहरीले बिना कारण आफ्नो आन्दोलन तुहाउन दमन गरेको बताए । सरकारले आरक्षपीडितको मागमा सुनुवाई नगरेको भन्दै पूर्व पश्चिम राजमार्ग अन्तरगत कलुवापुरमा जम्मा भएर पीडितले राजमार्ग अबरुद्ध पारेका थिए । राजमार्ग अवरुद्ध गर्दा महेन्द्रनगर देखि विभिन्न स्थानका लागि छुटेका सवारी साधन र महेन्द्रनगरतिर आउने सवारी साधन कलुवापुरमै ठप्प भएका छन् । 
 
शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण मुआब्जा कार्यदलले पीडितको पुनः तथ्याङ्क संकलन फारम अद्यावधिक गर्न सूचना जारी गरेपछी पीडित आन्दोलित भएका थिए । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरा सिह भण्डारीले सरकारले पीडितको मागमा बेवास्ता गरेको भन्दै बाध्य भएर जडक जाम गरेको बताए । अध्यक्ष भण्डारीले २९ औँ आयोगले ल्याएको कार्यादेश बिरुद्धमा आन्दोलन थालिएको बताए । 
 
‘यो आयोगले पीडितको हित विपरित कार्यादेश ल्याएको छ, ‘उनले भने, ‘बाध्य भएर आन्दोलन गर्न लागेका हौँ ।’ पूर्व न्यायाधीश ठाकुर प्रशाद शर्मा नेतृत्वको २८ औँ आयोगले विगतका आयोगले प्रमाणित गरेर परिचय पत्र पाएका दुई हजार, चार सय ७३ परिवार मध्ये घटाएर एक हजार, चारसय ८० मात्रै परिवार पीडितको सूचिमा राख्दा समस्या झन खडा गरिदिएको गुनासो गरे ।
 
 विगतका आयोगले प्रमाणित गरेका दुई हजार चार सय ७३ र बाँकी छुटपुट समेटर कम्तिमा पनि क्षतिपूर्ति सहित प्रति परिवार १० कट्टा जमिन दिनुपर्ने उनले माग अघि सारेका छन् । पीडितहरुलाई वार्ताका लागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले आह्वान गरेपनि पीडितले आफुहरुको मागमा सरकारी निकायबाट बेवास्ता गरिएको भन्दै बन्द स्थलमै बार्ता गर्नुपर्ने जिकिर गरेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण मुआब्जा कार्यदलले पीडितको आन्दोलनका कारण लगत संकलन काम रोकिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ