arrow

नाइजेरियामा ग्यास कारखानामा विस्फोट, सय भन्दा बढीको मृत्यु

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
map-nigeria.png.png
अबुजा । नाइजेरियामा ग्यासको कारखानामा भएको विस्फोटमा परी कम्तीमा पनि १०० जना भन्दा बढीको ज्यान गएको समाचार छ । सो कारखानामा बिहीबार राति भएको विस्फोटमा परी अरु पनि कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । दक्षिणपूर्वी नाइजेरियाको एननिवीमा सो विस्फोट भएको थियो । 
 
स्थानीय सञ्चारमाध्यमहरुले सो क्षेत्रमा रहेको एक ग्यास कारखानामा ग्यास भरेर ट्यांकर बाहिर निस्किने बेलामा बिहीबार राति सो ट्यांकर विस्फोट भएको थियो । क्रिस्मस्को रौनक छाएको बिहीबारको राति क्रिस्मस् मनाइरहेका नागरिक ग्यास लिनका लागि खाली सिलिण्डर लिएर कारखानाको बाहिर भीड लागेका थिए । 
 
पछि सो ट्याङ्करले कारखानाबाट ग्यास भरेपछि चिस्सिनका लागि एकछिन चिलिङ सेन्टरमा बस्नुपर्नेमा हतारहतार बाहिर निस्किएको थियो । सोही कारण सो ग्यास सिलिण्डिर विस्फोट भएको बताइएको छ । मारिनेमा खाना पकाउने ग्यास लिनका लागि त्यहाँ पुगेका नागरिक बढी परेका छन् । उनीहरु सो क्षेत्रका स्थानीय बासिन्दा हुन् । त्यस क्षेत्रमा प्रहरीले अनुसन्धान जारी राखेको छ । मारिने व्यक्तिको सङ्ख्या अरु धेरै पनि हुनसक्ने अनुमान गरिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ