arrow

चुनाव हुनेमा शङ्का नगर्न देउवाको आग्रह

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
deuba-ganeshmanko-batoma.jpeg
विर्तामोड । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस झापाले शुक्रबार विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले भने – ‘संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ ।’ 
 
सभापति देउवाले संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुदैन् भन्दै निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए । 
 
नेकपा (एमाले)ले समाजिक सद्भाव बिगार्ने काममा लागेको आरोप लगाउँदै उनले भने – ‘मधेसी र पहाडे दुबै नेपाली नागरिक हुन्, दुबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सिमानामा बसेर सीमाको सुरक्षा गर्ने मधेसी समुदायलाई शङ्का गर्नुहुँदैन ।” 
 
काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका थुप्रै समस्या र चुनौतीलाई समाधान गर्न काँग्रेसले मात्र सक्ने उल्लेख गर्दै काँग्रेस अभिभावक पार्टी भएकाले पनि त्यो जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको स्पष्ट पारे। 
 
त्यस्तै काँग्रेस नेता तथा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले “स्थानीय निकायको चुनावको मिति घोषणा भइसकेकाले चुनाव जुनसुकै अवस्थामा भएरै छाड्ने विश्वास व्यक्त गर्दै जनतामा अधिकार पुर्‍याउन पनि तीन तहकै निर्वाचन आवश्यक रहेको छ भने।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ