arrow

सात महिनामा २ करोड राजस्व सङ्कलन

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
trafik-new-photo.JPG.jpeg
पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा रु दुई करोड ११ लाख ६ हजार राजस्व सङ्कलन गरेको छ । 
 
चालु आवको साउनदेखि माघ मसान्तसम्म ३० हजार ९९९ सवारी चालक कारबाहीमा परेको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए । सोही अवधिमा कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १८ जना चालकलाई कारबाही गरी रु १० लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । 
 
कारबाहीमा पर्नेमा मोटरसाइकल चालक ८९४ जना, ट्र्याक्टर चालक १४, कार-जिप चालक ९९, बस चालक ८ जना र ट्रक- ट्र्याङ्कर चालक तीन जना रहेका छन् । कार्यालयले सवारी दुर्घटनालाई कम गर्न २१० पटकसम्म १७ हजार ३३७ जनालाई ट्राफिक जनचेतना प्रशिक्षण दिएको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ