arrow

नेपाल सहित १९ मुलुक मुकेश अम्बानी भन्दा गरिब !

भारतीय मिडियालाई बन्यो समाचारको खुराक

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
Mukesh-Ambani.jpeg
काठमाडौं । कुनैपनि मुलुकभन्दा एउटा व्यक्तिको सम्पत्ति थोरै रहेको हुन्छ भन्नेकुरा कतिलाई थाहा होला या त कतिलाई थाहा नहुन पनि सक्छ । तर, आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाहरुले समाचारको खुराक बनाएका छन् । 
 
भारतको चर्चित सञ्चार संस्था पञ्जाव केसरीले मुकेश अम्बानीको सम्पत्ति भन्दा आफ्ना छिमेकी मुलुकहरुसँगै विश्वका कूल १९ मुलुक गरिब रहेको विषयमा समाचार प्रकाशित गरेको छ । 
फोर्ब्स पत्रिकाको हवाला दिँदै उल्लेख गरिएको समाचारमा नेपालको सम्पत्ति मुकेश अम्बानीको भन्दा झण्डै दुई अर्ब डलर कम रहेको उल्लेख गरिएको छ । 
 
फोर्ब्सको पछिल्लो सूची अनुसार मुकेश अम्बानीको सम्पत्ति २३.१ डलर रहको बताएको छ । तर, आजको दिनमा फोब्र्सकै अनुसार पनि २५ दशमलव ४ विलियन डलर रहको बताईएको छ । अम्बानी अहिले विश्वका धनीहरुको सूचीमा ३८ औं स्थानमा छन् । उक्त अनलाईनमा नेपालको कूल जीडीपी २१.२ अर्ब डलर रहेको बताईएको छ ।
 
नेपालको जीडीपी तुलनात्मक रुपमा कम भएको त स्वभाविक नै हो । तर, भारतीय सञ्चारमाध्यमहरुले नेपालको जीडीपीको विषयलाई लिएर तयार पारेको व्याङ्ग्यात्मक समाचार नेपाललाई होच्याउने खालको रहेको भनेर नेपालीहरुमा आक्रोश समेत छाउन थालेको छ । 
 
उक्त अनलाईनका अनुसार मुकेश अम्बानीको भन्दा थोरै बजेट भएका मुलुकहरुको सूची यस्तो छ । 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ