arrow

नेविसंघ भित्रको विवाद उत्कर्षमा, दुबै पक्षका समानान्तर अनुशासन समिति

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । आसन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा टिकटको वितरणको विषयलाई लिएर नेपाल विद्यार्थी संघ भित्रको विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय निर्वाचनको समयमा एक भएका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले पक्षबीचको विवाद समानान्तर अनुशासन समिति गठनसम्म पुगेको हो ।

विभिन्न क्याम्पसहरुमा स्ववियुमा उम्मेदवारी दिने विद्यार्थीहरुलाई टिकट दिने समितिमा गैरकानूनी रुपमा तीन जना  सदस्य थपेको भन्दै महामन्त्री कुन्दनराज काफ्ले समूहले शुक्रबार राजधानीमा एक कार्यक्रम नै आयोजना गरी विरोध जनाएको थियो ।

तर सो विरोध कार्यक्रमलाई दबाउनको लागि भन्दै अध्यक्ष नैनसिंह महरले शुक्रबार नै नेविसंघकी सहमहामन्त्री अम्बिका चलाउनेको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरे । सो समितिको मुख्य काम नै टिकट वितरणको विषयमा असन्तुष्टि जनाउँदै विरोध गर्नेहरुलाई कारबाही गर्ने रहेको स्रोतले जानकारी दियो ।

तर, सोही दिन असन्तुष्टको पक्षबाट महामन्त्री काफ्लेले पनि सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा समानान्तर अनुशासन समिति गठन गरे । यस विषयमा अहिले पनि दुई पक्षबीच विज्ञप्ती मार्फत् भनाभन चलिरहेको छ ।

यस्तो छ विवाद
उपत्यकाका क्याम्पसहरुको स्ववियु निर्वाचनमा उम्मेदवारको टिकट वितरण गर्नको लागि विधानतः केन्द्रीय अध्यक्षको नेतृत्वमा अध्यक्षले रोजेका एकजना महामन्त्री, प्रदेश नं तीनका उपाध्यक्ष सहितको पाँच सदस्यीय समिति गठन गर्न सकिने  व्यवस्था छ ।

यसरी बैधानिक रुपमा अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोज थापा, प्रेम जोशी, उपाध्यक्ष, रामप्रसाद अधिकारी, माधव ढकाल सहितको पाँच सदस्यीय टोली गठन भएको थियो । तर, उक्त समितिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय विद्यार्थी नेताहरु नसमेटिएको भन्दै अध्यक्ष महरले उर्मिला थपलिया, नवीन राई र शिव रिमाललाई गैरकानूनी रुपमा उक्त समितिमा समावेश गरेपछि महामन्त्री काफ्ले समूह विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघ झापा काठमाडौं सम्पर्क समितिका अध्यक्ष किरण सिटौलाले जानकारी दिए ।

तर, सो विरोधलाई दबाउनको लागि अध्यक्ष महरले अनुशासन समिति गठन गरेपछि काफ्ले समूहले पनि समानान्तर अनुशासन समिति गठन गरेको काफ्ले पक्षीय विद्यार्थी नेताहरुले जनाएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ