arrow

न्युजिल्याण्ड बिरुद्धको एकदिवशीय क्रिकेटमा अफ्रिका बिजयी

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
AB_Diviliers_SA.jpeg
वेलिङटन। तेस्रो एकदिवशीय अन्तराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १५९ रनले पराजित गरेको छ। पाँच खेलको श्रृखंलामा अफ्रिकाले २-१को अग्रता लिएको छ। 
 
टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७१ रन बनाएको थियो। कप्तान डिविलियर्सले सार्वाधिक ८५ रन बनाएका थिए भने क्वेण्टन डे'ककले ६८ रनको योगदान दिएका थिए। न्युजिल्याण्डका कोलिन डे ग्राण्डहोमले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्ने ओर्लेको न्युजिल्याण्ड ३२.२ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटिएको थियो। कसिलो बलिङ र राम्रो फिल्डिङ गर्ने क्रममा ड्वाईन प्रेटोरीयसले ३ तथा कगिसो रबाडा, वायन पार्नेल, एण्डिले फेलुकवायोले २-२ विकेट हात पारेका थिए। न्युजिल्याण्डका कोलिन डे ग्राण्डहोमले सार्वाधिक ३४ रन बनाएका थिए।
 
खेलका प्लेयर अफ म्ञाच अफ्रिकाका एबी डिविलियर्स घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ