arrow

धादिङका दुई क्याम्पसको स्ववियुमा नेविसंघकाे सानदार जीत

नीलकण्ठमा अनेरास्ववियुको लज्जास्पद हार

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
FSU.jpeg
काठमाडौं । धादिङका तीनवटा क्याम्पसहरुमा शनिबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलले तीनमध्ये दुई क्याम्पसमा जीत हाँसिल गरेको छ । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक तोकेको मिति फाल्गुन १४ कै दिन भएको उक्त निर्वाचनमा धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पस र खानीखोलाकाे मछिन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको प्यानलै विजयी भएको हो । 
 
जिल्लाभरी नै नेविसंघ र क्रान्तिकारी प्यानलबीच निर्वाचनमा संयुक्त प्यानल उठाउने सहमति अनुरुप संयुक्त प्यानल उठाउँदा पनि गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुले निर्वाचन जितेको छ । 
 
नेविसंघ क्रान्तिकारी प्यानलका उम्मेदवारहरुसामु नीलकण्ठ बहुमुखी क्याम्पस अनेरास्ववियुका उम्मेदवारले लज्जास्पद हार बेहोरेका छन् । कूल खसेको ५ सय ५७ मतमा नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार सरोज पाण्डेले ४ सय ११ मत ल्याउँदा अनेरास्ववियुका जीतबहादुर नेपालीले जम्मा ६६ मत मात्रै ल्याएका छन् । 
 
त्यस्तै, खानीखोलामा पनि नेविसंघले जितेको छ । जसमा कूल खसेको ६१ मत मध्ये ३३ मत प्राप्त गरी नेविसंघका प्रमोद गिरि सभापति बनेका हुन् । उनले निकटतम प्रतिद्वन्दीलाई ५ मतले पराजीत गरेका हुन् । 
 
उता, गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुले जीत हाँसिल गरेको छ । नेविसंघ र क्रान्तिकारी प्यानल मिल्दा पनि अनेरास्ववियुका रुपक गिरीले ८२ मत प्राप्त गरेका छन्  । उनले निकटतम प्रतिद्वन्दी क्रान्तिकारीकारी सुस्मिता तामाङलाई २४ मतले हराएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ