arrow

पूर्वको पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाटै माउन्टेन फ्लाईट

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन १४ शनिबार

टनगर । विराटनगरमा जारी औद्योगिक तथा कृषि प्रदर्शनी, विराट एक्स्पोको अवसर पारेर शनिबारदेखि  माउन्टेन फ्लाईट सुरु  भएको छ । पूर्व क्षेत्रको पर्यटन  प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाञ्चलमा पहिलोपटक विराटनगरबाट  माउन्टेन फ्लाइट सुरु भएको हो ।

पूर्वको विभिन्न हिमश्रृंखला, कोशी टप्पु, सप्तकोशी, तीनजुरे मिल्के, नाम्चे भेडेटार लगायत मुख्य पर्यटकीय स्थलको दृष्यावलोकनका लागि विराटनगर विमानस्थलबाट माउन्टेन फलाईट सुरु गरिएको हो । माउन्टेन फलाइटबाट पूर्व क्षेत्रीय प्रमुख, प्रमुख जिल्ला अधिकारी, पर्यटन व्यावसायी, उधोगी व्यापारीहरुले पूर्वको पर्यटकीय स्थलको भ्रमण गरे ।

लामो समयदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्नु पर्ने माग गर्दै आएका व्यवसायीले एक्स्पोको अवसरमा आफ्नै पहलमा माउन्टेन उडान सुरु गरे । यती एयरलायन्सको एउटा उडानबाट शनिवार माउन्टेन फलाईट प्रारम्भ भएको छ । ट्राभल एजेन्ट तथा माउन्टेन फ्लाइट संयोजक भविश श्रेष्ठले पूर्वको पर्यटन प्रवर्धनका लागि माउन्टेन फ्लाइट कोशेढुंगा सावित हुने बताए । माउन्टेन फ्लाइटबाट सगरमाथा, मकालु, कंचनजंघा, गौरिशंकर हिमालसहितको दृश्यावलोकन गर्न सकिने बताइएको छ ।

भारतीय पर्यटकलाई लोभ्याउन सकिने भएकाले एक्स्पोको अवसरमा सुरु गरिएको माउन्टेन फ्लाइटलाई आउँदा दिनमा पनि निरन्तरता दिने संयोजक श्रेष्ठको भनाई छ । काठमाडौंबाट पूर्वका लागि माउन्टेन फ्लाइट संचालन गर्दा १३ हजार ५ सय रुपैयाँ शुल्क लागे पनि विराटनगरबाट भने ९ हजार मात्रै लिइने जनाइएको छ । नेपाल पर्यटन वोर्डका सुमन घिमिरेले नेपाल मात्र नभएर भारतीय पर्यटकहरुलाई समेत माउन्टेन फलाइटले आकार्षण गर्ने जिकिर गरे ।

विराटनगरबाट उडान भर्दा काठमाडाैंको एयर ट्राफिक जाम कम हुने र सुरक्षित उडान भर्न सकिने व्यवसायीले बताएका छन् । एक घण्टाको उडानका लागि ९ हजार रुपैंया भाडा निर्धारण गरिएको छ । महिला उद्यमी शिवा उपाध्यायले माउन्टेन फ्लाईट संचालनसँगै पूर्वको पर्यटन विकासमा टेवा पुगेको बताए । ऐतिहासिक सहरको रुपमा रहेपनि केहीवर्षदेखि  पछाडीपर्दे गएको विराटनगरको विकासका लागि माउन्टेन फ्लाइट महत्वपूर्ण हुने उनको भनाई छ ।

प्रति उडान १९ जनाले यात्रा गर्न सक्ने बताइएको छ । यसबाट विराटगनर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न दवाव पनि सृजना हुने व्यवसायीहरुको अपेक्षा छ । यसैगरी विराट एक्सोपोको अवसर पारेर स्थानीय पर्यटन पव्रद्र्धनका लागि हेलिकोप्टर सेवा समेत संचालनमा आएको छ ।

हेलिकोप्टरबाट विराटनगरको अवलोकलन गर्ने व्यवस्था मिलाइएको छ । दिनप्रतिदिन उल्लेखनीय रुपमा मेलामा सहभागि हुने स्थानीय हेलिकोप्टर चढेर विराटनगरको अवलोकन गरिरहेका छन् । फागुन ११ गतेदेखि संचालनमा आएको विराट एक्सो फागनुन १७ गतेसम्म संचालन हुने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ