arrow

४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
manish-suman-g-new.jpeg

काठमाडौं । मधेसी मोर्चा नेता एवं सद्भावना महासचिव मनीष सुमनल मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।’ यद्यपि, उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकाले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे ।

यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उनको चेतावनी छ ।  उनले भने, ‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ, अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौं ।’
सुमनले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे । उनले ९ महिनापछि बल्ल–बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्तावमाथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने,‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन् ।’ उनले सरकारले चाह्यो भने एमालेबिना नै दुई तिहाई पुग्ने समेत विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ