arrow

स्ववियु निर्वाचन : मकवानपुरमा काँग्रेस, माओवादी र राप्रपा विद्यार्थीको गठबन्धन

जिल्लाभर शान्तिपूर्ण रुपमा सम्पन्न भयाे मनाेनयन दर्ता

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन १४ शनिबार
FSU.jpeg
हेटौंडा। मकवानपुरमा रहेको विभिन्न क्याम्पसहरुमा सत्ता साझेदार दल नेपाली काँगे्रस, नेकपा माओबादी (केन्द्र) र राप्रपाका विद्यार्थी संगठनबीच गठबन्धन जुट्ने भएको छ । शनिबार विभिन्न क्याम्पसमा भएको मनोनयन दर्ता पछि सो गठबन्धन जुट्ने निश्चित भएको हो । 
 
शनिबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको मनोनयन दर्तापछि त्यहाँका क्याम्पसहरु मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, फरेस्टी क्याम्पस, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, वंश गोपाल बहुमुखी क्याम्पस र पालुङ बहुमुखी क्याम्पसमा तीनदलका विद्यार्थी संगठनबीच गठबन्धन बन्ने पक्का भएको हो । 
 
त्यस्तै, ती क्याम्पसहरुमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र नयाँ शक्तिको विद्यार्थी संगठनले पनि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । 
 
यसरी अध्यक्षमा उम्मेदवारी दिने मध्ये मकवानपुर बहुमुखी क्याम्पसमा कुमार बहादुर केसी, निर बहादुर सिन्तान, श्रवण कुमार वर्तौला र लक्ष्मीकान्त पौडेल रहेका छन् । त्यस्तै, सचिवमा आकाश अधिकारी, शशिकला सिन्तान, अमृत बर्तौला र सविना लामाले उम्मेदवारी दिएको क्याम्पसले जनाएको छ । 
 
उता, हेटौंडा क्याम्पसमा अध्यक्षको लागि अनेरास्ववियुका उमेश पुरी र संयुक्त विद्यार्थी संगठनका तर्फबाट सुदीप बर्तौलाले उम्मेदवारी दिएका छन् । त्यस्तै, सचिवमा नवीन कुमार मिश्र र पूर्ण बहादुर नेपालीले उम्मेदवारी दिएका छन् । जसमध्ये मिश्र अनेरास्ववियु र नेपाली संयुक्त विद्यार्थी संगठनबाट हुन् । उता, कोषाध्यक्षमा मनोज सुनार र ज्ञानु लामाले उम्मेदवारी दिएका छन् । सुनार अनेरास्ववियु र लामा संयुक्त प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् । 
 
त्यस्तै वनविज्ञानमा अध्यक्षको लागि विमल केसी खत्री, पवन कुमार खरेल, मनोज सुवेदी, जीवन पोखरेल र हेमचन्द्र जोशी रहेका छन् । त्यस्तैगरी सचिवमा उम्मेदवारीदिनेहरुमा विक्रम सिंह, पदम प्रसाद जैशी र सन्देश घिमिरे रहेका छन् । 
 
कोषाध्यक्षमा सुस्मिता हमाल र सलिना राई र सिलि घिमिरेले उम्मेदवारी दिएका छन् । जसमध्ये राई मोहन बैद्य निकट विद्यार्थीबाट, हमाल संयुक्त प्यानलबाट र घिमिरेले अनेरास्ववियुबाट उम्मेदवारी दिएका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ