arrow

स्ववियु निर्वाचन सार्न उपकूलपति कार्यालयमा बैठक चल्दै !

१६ गते नोमिनेसन हुने सम्भावना

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
FSU.jpeg
काठमाडौं । लामो समयपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फेरि अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ । विभिन्न क्याम्पसहरुमा भएको हिंशात्मक झडप पछि त्रिविका उपकूलपति तीर्थ खनियाँले अहिले विभिन्न विद्यार्थी संगठनका नेताहरुलाई बोलाएर यस विषयमा विस्तृत छलफल गरिरहेको नेविसंघका महामन्त्री सरोज थापाले जानकारी दिए । 
 
उनले नाेमिनेसनकाे मिति सरेकाेले स्ववियु निर्वाचनकाे पनि मिति सर्न सक्ने झिनाे सम्भावना रहेकाे बताए । तर, मिति सरेपनि बढीमा एकदिन सर्ने सम्भावना रहेकाे भन्दै स्ववियु निर्वाचन १९ गते भन्दा पछि नसर्ने बताए । 'नाेमिनेसन सरेकाले निर्वाचन पनि सरेदेखि बढीमा १ दिन सर्न सक्छ ।' थापाले हाम्राकुरासँग भने '१९ गते भन्दा पछि जाँदैन ।'  
 
उनका अनुसार शनिबार रोकिएको मनोनयन दर्ताको विषयमा छलफल गर्नको लागि बैठक बोलाईएको हो । सो बैठकमा १६ गते नोमिनेसन गर्ने सम्भावना रहेको बताईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ