arrow

बुढासुब्बा गोल्डकपको उपाधि पुलिसलाई, संकटालाई झट्का

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
news-aa-file-photo.jpeg

सुनसरी । १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा संकटालाई सडनडेथमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टीमा ३–३ को बराबरी भएपछि सडनडेथमा पुलिसले बाजी मारेको हो ।

खेलको २८औं मिनेटमा राज पौडेलले संकटालाई अग्रता दिलाए । ८०औं पुलिसका मिनेटमा जुमनु राईले पेनाल्टीमार्फत् गोल गर्दै बराबरी गरे । पुलिसले पाँच लाख रुपैयाँ जितेको छ । उपविजेता संकटाले दुई लाख ५० हजारमा चित्त बुझाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ