arrow

तालाबन्दीले स्ववियुको मनोनयन प्रभावित, ६० मध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
FSU.jpeg
काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनका तालाबन्दी तथा अवरोधका कारण त्रिभुवन विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मनोनयनको कार्यक्रम प्रभावित भएको छ । 
 
त्रिविका कुल ६० क्याम्पसमध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको छ । त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीले काठमाडौँ उपत्यकाका केही क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको जानकारी दिइन् ।  
 
अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । नेत्रविक्रम चन्द निकटको अखिल क्रान्तिकारीले पनि विभिन्न क्याम्पसमा अवरोध गरेका कारण मनोनयन दर्ता हुन नसकेको जनाइएको छ । 
 
सबै विद्यार्थी सङ्गठनको सहमतिमा त्रिविले तय गरेको कार्यतालिका अनुसार निर्वाचन हुन लागेको थियो । अधिकांश क्याम्पसमा अवरोध भएपछि अनेरास्ववियु र अखिल क्रान्तिकारीले भने त्यसको विरोध गरेका छन् । 
 
मनोनयनकै विषयलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा दिउँसो अनेरास्ववियु र नेवि सङ्घबीच झडपसमेत भएको थियो । झडपमा परी नेविसंघका केही विद्यार्थी घाइतेसमेत भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ