arrow

कतारमा ‘लभ यू बाबा’को प्रर्दशन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1625948653.jpeg
दिलीप पराजुली, दोहा कतार । नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ गत शुक्रबार सनैयाको ग्राण्ड मल नजिकै रहेको एसियान सिनेमा घरमा प्रर्दशन भएको छ । दर्शकहरुले नायक गजित विष्ट र छोरी संगम विष्टको अभिनयलाइ अत्यान्तै मन पराएका थिए । पारिवारिक कथामा बनेको चलचित्रलाई सानै उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउन सफल बनेका ८ बर्षिय सौगात विष्टले निर्देशन गरेका हुन ।
 
सिनेमा घरमा दर्शकहरुलाई सम्बोधन गर्दै उनले भने ‘कतारमा चलचत्रि प्रदर्शन गर्ने अवसर मिलेको छ | यहाहरुले चलचित्र हेरेर मनोरंजन लिनुहोस् मन परे सबैलाई सुनाउनुस मन नपरे सुटुक्क मलाइ मात्र भन्नुस ताकी मेरा कमि कमजोरीहरुलाई सुधारेर लैजाने छु भन्दै दर्सकलाई एकोहोरो बनाएका थिए भने उनको बास्तबिक प्रस्तुति र 
परिपक्क व्यक्ति जस्तो दृश्यले सबै सबै दर्शकहरु चकित बनेका थिए ।
निर्मात्री सम्झना पोख्रेल द्वारा निमार्ण गरिएको यो चलचित्र नायक गजित विष्ट द्वारा लिखिएको हो | उक्त चलचित्रमा गजित विष्ट, संगम विष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा यूबराज सुबेदीको छायांकन, गम्भिर विष्टको नृत्य निर्देशन, चन्द्र पन्तको दन्द्ध निर्देशन रहेको छ । नेफ्टा फिल्म अवार्डका लागी कतार आएका चलचचित्र ‘लभ यू बाबा’को टिम चलचित्र प्रदर्शनका लागी एक हप्ता थप कतार बसाइलाई लम्याउदै यो चलचित्र प्रदर्शन गरेको थियो | जुन चलचित्रले कतारबासि दर्सक माझ राम्रो समिक्षा पाएको महसुस गरिएको छ ।
 
मोरङ र सुनसरी जिल्ला निवासी कुनैपनी रास्ट्रका गहनाहरु कतार प्रवेश गर्दा सम्मान तथा शुभकामना आदान प्रदान गर्न पछीनपर्ने मोरङसुनसरी सेवासमाज कतारले आफ्नु जिल्लाबाट नेफ्टा अवार्डका लागी कतार आएका मोरङ जिल्लाका स्थाई बासिन्दा सूचना तथा संचार मन्त्रि तथा सरकारका प्रबक्ता डा. मिनेन्द्र रिजाल तथा चलचचित्र ‘लभ यू बाबा’को टिम नेफ्टा अवार्डका लागी कतार आएको अवसर मिलाई छोटो समयमा नै कतारको होराइजन म्यानर होटेलमा राखिएको सम्मान तथा अन्तरक्रिया कार्यकममा नायक गजित बिस्टले सानै उमेरमा निर्देशक बनि गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउन सफल यो चलचित्र पुनः प्रदर्शनको वातावरण मिलाईदिन मन्त्रि रिजाल लाई आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ