arrow

इङलिश प्रिमियर लिग फुटबलः चेल्सीको अग्रता बढ्यो, म्याचेष्टर डर्बी रोकियो

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
chelsea-win.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको अग्रता कायमै रहेको छ । अग्रतालाई अझ फराकिलो बनाउने क्रममा चेल्सीले शनिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा स्वान्सी सिटीलाई ३–१ ले हराएको छ ।
 
चेल्सीलाई विजयी गराउन सेस फेब्रिगास, पेड्रो रोड्रिग्वेज र डिएगो कोस्टाले एक एक गोल गरे । स्वान्सीका फार्नान्डो लोरेन्टले एक गोल फर्काए । 
 
यो जितसंगै चेल्सीको २६ खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानको म्यानचेष्टर सिटीको २५ खेलबाट ५२ अंक छ ।
 
तेस्रो स्थानको टोटनह्याम हट्सपरको ५० र चौथो स्थानको आर्सनलको पनि ५० नै अंक छ । 
 
आइतबार बेलुकी ७ः१५ बजे टोटनह्याम र स्टोक सिटी भिड्ने छन् । राति हुने भनिएको म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेडबीचको खेल भने पछिलाई सरेको छ । म्यानचेष्टर युनाइटेडले इएफ्एल कप फुटबल खेल्ने भएकाले म्यानचेष्टर डर्बी पछिलाई धकेलिएको हो ।
 
एएफ्एल कप राति १०ः१५ बजे म्यानचेष्टर युनाइटेडको मैदानमा हुँदैछ । म्यानचेष्टरको भिडन्त साउथह्याम्पटनसंग हुँदैछ ।
 
लिग अन्तर्गत शनिबार राति भएका खेलमा क्रिष्टल प्यालेसले मिडिल्सब्रोलाई १–० ले, एभर्टनले सन्डरल्याण्डलाई २–० ले तथा वेष्टब्रोमले बर्नमाउथलाई २–१ ले हरायो ।
 
वाट्फोर्ड र वेष्टह्याम तथा हलसिटी र बर्नलेले भने १–१ को बराबरी खेले ।
 
एएफ्एल कपका कारण साउथह्याम्पटन र आर्सनल बीचको खेल पनि स्थगित भएको थियो । 
Cesc Fabregas celebrates after the Spain midfielder fires Chelsea into the lead in the 19th minute of the Premier League tie
Fernando Llorente meets Gylfi Sigurdsson's lofted ball with a thumping header to level the scores before half-time
Swansea's Leroy Fer joins the former Athletic Bilbao man as Llorente celebrates his headed goal that drew them level
Pedro fires at goal before Lukasz Fabianski, the forner Arsenal goalkeeper, fumbles the ball into the net
Diego Costa flicks the ball past Swansea's goalkeeper Fabianski from a cross to wrap up the three points for Chelsea
Costa points as he celebrates hitting Chelsea's third goal of their Premier League encounter with Swansea
Chelsea icon Frank Lampard watched on from the stands as the Blues took on Swansea on Saturday afternoon
Chelsea and Swansea's players shake hands as the league leaders look to extend the gap to second in the Premier League
Martin Olsson sticks out his right leg to block the ball as Victor Moses fires in a cross during the opening exchanges
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ