arrow

बार्सिलोनाको भिडन्त एथलेटिको मड्रिडसंग, रियाल मड्रिडलाई उछिन्ने मौका

रियालको परीक्षा भिल्लारियलसंग

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
spanish-league-table.jpeg
स्पेन । स्पेनिश फुटबल लिग ला लिगामा आइतबार बार्सिलोनाका लागि निकै महत्वपूर्ण रहेको छ । राति ९ बजे बार्सिलोनाले एथलेटिको मड्रिडसंग उसकै मैदानमा खेल्दैछ । यो खेलमा विजय हासिल गर्ने हो भने बार्सिलोनाले लिग लिडर रियाल मड्रिडलाई अंक तालिकामा उछिन्ने छ ।
 
रियालको २२ खेलबाट ५२ अंक छ । दुई खेल बढी खेलेको सेभियाको पनि ५२ अंक नै छ । त्यस्तै एक खेल बढी खेलेको बार्सिलोनाको ५१ अंक छ । 
 
गत हप्ता भ्यालेन्सियासंग २–१ ले पराजित भएपछि रियाल मड्रिड दबाबमा छ । त्यस्तै राति १ः३० बजे रियालले भिल्लारियलसंग उसकै मैदानमा खेल्दैछ ।
 
दबाबमा देखिएको रियालका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल खेलमा फर्किने बताएका छन् । 
 
लिग अन्तर्गत शनिबार रातिका खेलमा रियाल सोसिडाड, सेभिया, लेगनेस र आइबार विजयी भएका छन् ।
 
सेभियाले रियाल बेटिसलाई २–१ ले हराउँदै रियाल मड्रिडलाई भेट्टाएको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ