arrow

स्वास्थ्य सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदै, यस्तो छ मन्त्री गगन थापाको सन्देश

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
ministry-of-health.jpeg
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमका साथ आइतबार पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउँदै छ ।  ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो ।  
 
स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले केन्द्र, क्षेत्र, अञ्चल, जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउन लागिएको जानकारी दिएका छन् । सचिव उप्रेतीले दिवस मनाउन केन्द्र र जिल्लास्तरमा छुट्टाछुट्टै समिति बनाइएको जानकारी दिँदै केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको बताएका छन् । 
  
मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिले उक्त दिन स्वास्थ्य मन्त्रालयमा कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ ।  
 
सचिव डा उप्रेतीले दिवसले स्वास्थ्यकर्मीलाई काममा थप जिम्मेवार बनाउने भन्दै उनीहरू जनताप्रतिको स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने बताए । उनले स्वास्थ्यकर्मी र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने, स्वास्थ्य क्याम्पहरू गर्ने, सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन हुने बताए । 
 
यसैबीच, स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्री गगन थापाले जारी गरेको विज्ञप्तिमा मन्त्रालय र मातहतका निकायहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु लगायत सबैको अथक प्रयासका कारण सहश्राब्दी विकास लक्ष्यमा उल्लेख्य प्रगति हासिल गरेको स्मरण गरिएको छ । 
 
मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा हालसम्म उल्लेख्य प्रगति भए पनि समय समयमा देखिने महामारी, मधुमेह, उच्च रक्तचाप, क्यान्सर र मुटुरोगजस्ता नसर्ने रोगको चुनौती थपिएको भन्दै सचेत रहन आग्रह गरेका छन् । 
विज्ञप्ति यस्तो छ–
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ