arrow

मनिषाको सकारात्मक सोच, भारतीय बने नतमस्तक

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
manisha-koirala-final.jpeg
जयपुर । बलिउड अभिनेत्री नेपाली चेली मनिषा कोइरालाले क्यान्सर पीडित भएर पनि आफूलाई सम्हालेको र सकारात्मक सन्देश दिएको भन्दै उनको भारतमा प्रशंसा भएको छ । पाठेघरको क्यान्सर पीडित मनिषाले भारतको जयपुरमा भएको एक कार्यक्रममा बोल्ने क्रममा आफ्नो संघर्षको कथा सुनाएपछि जयपुरवासी मनिषाप्रति नतमस्तक भएका हुन् । 
 
ग्ल्यामरस दुनियाँबाट एकाएक पलायन हुनुपरेको पीडा सुनाउँदै गर्दा मनिषाले जिन्दगीबारे जसरी योजना बनाइन्छ त्यो भन्दा ठूलो झड्का जिन्दगीले दिने गरेको बताइन् । 
 
उनले अगाडि भनिन्, ‘फिल्मी दुनियाँको चमम–धमक मेरो त्यसैदिन फिक्का भयो जुन दिन मलाई क्यान्सर भएको थाहा भयो ।’
 
उनले क्यान्सर भएपछि नै जिन्दगीबारे धेरै कुरा सिकेको खुलासा गर्दै उनले क्यान्सरपछिमात्र आफूले आफूलाई माया गर्न सिकेको सुनाइन् । 
 
कर्नवेल अस्पतालमा भर्ना भएका बेलामा एक प्याथोलोजिष्ट हर आइतबार उनीसंग समय बिताउँदा मनिषाले सोधिछिन्, ‘तिमी न मेरी साथी हौ न मेरी फ्यान हौ तैपनि किन मेरो हौसला बढाउन समय निकालिरहेकी छौ ?’
 
तब मनिषालाई ती प्याथोलोजिष्टले बताइन्, ‘ताकि तिमी पनि कुनै अर्को व्यक्तिका लागि यसरी समय दिन सक ।’ त्यसैदिनदेखि नै अरुको सेवा गर्ने वाचा गरेको मनिषाले सुनाइन् । 
 
मनिषालाई सन् २०१२ मा क्यान्सर भएको पत्ता लागेको थियो भने सन् २०१३ को मे महिनामा शल्यक्रियापछि पूर्णरुपले निको भएको थियो । 
 
उनी फेरि चलचित्रमा क्षेत्रमा फर्किरहेकी छिन् । उनले ‘जिन्दगी चुनौतीको पासा फ्याँकिरहन्छ तर त्यो आफूमा निर्भर गर्छ कि शिकार हुने कि चुनौतीलाई आफ्नो काबूमा राख्ने’ भन्दै दर्शकको ध्यान खिच्न सफल भएकी छिन् । (एजेन्सी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ