arrow

पूर्वका पर्यटन प्रवर्द्धनकाे लागि विराटनगरवाट माउन्टेन फ्लाईट संचालन

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
Biratnagar_mountain_Flight.jpeg
विराटनगर । विराटनगरमा जारी औद्योगिक तथा कृषि प्रदर्शनी, विराट एक्स्पोको अवसरमा पारेर आजदेखि  माउन्टेन फ्लाइट सुरु भएको छ । पूर्व क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यल पुुर्वाञ्चलमा पहिलोपटक  विराटनगरबाट  माउन्टेन फ्लाइट सुरु भएको हो । 
पूर्वको विभिन्न हिमश्रखला, कोशी टपुु,, सप्तकोशी, तीनजुुुरे मिल्के, नाम्चे  भेडेटार लगायत मुुख्य पर्यटकीय स्थलको दृष्यावलोकनका लागि विराटनगर विमानस्थलवाट माउन्टेन फलाईट सुुरु गरिएको हो ।माउन्टेन फलाइटबाट पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुुख, प्रमुुख जिल्ला अधिकारी, पर्यटन व्यावसायी, उधोगी व्यापारीहरुले पूर्वको पर्यटकीय स्थलको भ्रमण गरे । 
 
लामो समयदेखि विराटनगरबाट माउन्टेन फ्लाइट गर्नुपर्ने माग गर्दै आएका व्यवसायीहरुले एक्स्पोको अवसरमा आफ्नै पहलमा माउन्टेन उडान सुरु गरेका हुुन । यती एयरलायन्सको एउटा उडानवाट शनिवार माउन्टेन फलाईट प्रारम्भ भएको छ ।
ट्राभल एजेन्ट तथा माउन्टेन फ्लाइट संयोजक भविश श्रेष्ठले पूर्वको पर्यटन प्रवर्धनका लागि माउन्टेन फ्लाइट कोशेढुंगा सावित हुने वताए । माउन्टेन फ्लाइटबाट सगरमाथा, मकालु, कंचनजंघा, गौरिशंकर हिमालसहितको दृश्यावलोकन गर्न सकिने बताइएको छ । 
भारतीय पर्यटकलाई लोभ्याउन सकिने भएकाले एक्स्पोको अवसरमा सुरु गरिएको माउन्टेन फ्लाइटलाई आउँदा दिनमा पनि निरन्तरता दिने संयोजक श्रेष्ठको भनाई छ । 
 
काठमाडौंबाट पुुर्वका लागि माउन्टेन फ्लाइटगर्दा १३ हजार ५ सय रुपैयाँ शुल्क लागे पनि विराटनगरबाट  भने ९ हजार मात्रै लिइने जनाइएको छ । नेपाल पर्यटन वोर्डका सुुमन घिमिरेले नेपाल मात्र नभएर भारतिया पर्यटकहरुलाई समेत माउन्टेन फ्लाइटले आकर्षणगर्ने दावी गरे । 
 
विराटनगरबाट उडान भर्दा काठमाण्डौको एयर ट्राफिक कम हुने र सुरक्षित उडान भर्न सकिने व्यवसायिहरुले बताएका छन् । एक घण्टाको उडानका लागि ९ हजार रुपैंया भाडा निर्धारण गरिएको छ ।
महिला उधमी शिवा उपाध्यायले माओन्टेलन फलाईट संचालनसंगै पूर्वको  पर्यटन विकासमा टेवा पुुग्ने वताए । ऐतिहासिक सहरको रुप्मा रहेतापनि केहीवर्षदेखि  पछाडिपर्दैै गएको विराटनगर सहरको विकासका लागि माउन्टेन फलाइट सेवा महत्वपुुर्ण हुुने उनको भनाई छ । 
 
प्रति उडान १९ जनाले यात्रा गर्न सक्ने बताइएको छ । यसबाट विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न दवाव पनि सृजना हुने व्यवसायीहरुको अपेक्षा रहेको छ । यसैगरी विराट एक्सोपोको अवसर पारेर स्थानिय पर्यटन प्रर्वधनका लागि हेलिकप्टर सेवा समेत संचालनमा आएको छ ।
 
हेलिकप्टरवाट विराटनगरको अवलोकलनगर्ने व्यवस्था मिलाइएको छ । दिनप्रतिदिन उल्लेखनीय संख्यामा मेलामा सहभागी हुुने सर्वसाधारणहरु हेलिकप्टर चढेर विराटनगरको अवलोकन गरेको पाइन्छ । फागुुन ११ गतेदेखि संचालनमा आएको विराट एक्सो यहि फागनुु १७ गतेसम्म संचालनमा आउने छ । उद्योग संगठन मोरङको आयोजना एक्सोपो संचालनमा आएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ