[कथा] कालीगण्डकी होटल रुम नं. २२०

रघुनाथ ढकाल, प्रकाशित मिति : २०७३ फाल्गुण १५ आइतबार , ६,८८५ पटक हेरिएको
लेखक ढकाल
काठमाडाै‌ । सारा निद्रा, रिस हराउने गरि मधुर आवाज गुिन्जयो उनी एकोहोरो बोलिरहिन् । म मौन भएर सुनीरहे । फोन राखिन । 
 
मेरो मन मस्तिष्कलाइ त्यो अपरिचित मधुर आवाजले ढकढकाउन थाल्यो । प्रकाशदाईलाई  मोबाईल देखाउँदै सोधेँ यो को हो फोन आएको थियो ।
 
उसले भन्यो मेरो नयाँ साथी इन्डिया बाट आएकी रे । योग सिक्न जाँदा त्यहिं भेट भएको  थियो । भेटा न यार मलाई ।  उसले हाँस्दै भन्यो बोली मै फिदा भइस कि क्या हो । इन्डियन केटिहरुको बोली मिठो हुन्छ । अहिले धेरै आश नगर है बोली जस्तो मान्छे नहुन पनि सक्छ । मान्छे जस्तो त झन्........ हुन्न । मैले भने भेट त गरा न पहिले । उसले हुन्छ भन्यो । 
 
त्यो पल देखि नै म उसको बोली कै आधारमा सोच्न थाले । उ यस्तो होलि उस्तो होलि यस्तै यस्तै । मनमा उनलाई लिएर जीवन मरण सम्मका कुरा खेलाउन थाले ।  जब सम्म उसको र मेरो पहिलो भेट भएन ।
 
ग्लोबल क्याफे गोङबुको त्यो पहिलो औपचारिक भेटमा तिमी म प्रकाश सागर र राजेन्द्र भएर रेड लेबल, खसिको सेकुवा खाएर फ्रेन्डसिप गरेका थियौ । प्रकाश दाइले रक्सी नखाएकोले आइमाइ भनेर जिस्कायौं । एक अर्का प्रतिको जवानीको आकर्षण हो या प्रेमले हो । एक अर्काको मन मुटुमा यति छिट्टै बस्दै गयौं कि अहिले सम्झदाँ फिस्स हाँस्न मन लाग्छ । 
 
सम्बोधन गर्न मन लागेको छ आज । तिम्रो रुममा बसेर तिमिले नै बनाएको बँदेलको मासु खसिको सेकुवा र बियरको चुस्की अनि त्यो दिनको हाम्रो सामिप्यता सायद मौसमले पनि साथ दिँदै थियो । त्यसैले त होला बाहिर सिम सिम पनि बर्सिदै थियो । हामी त्यो कठ्याङ्गिदो जाडोमा पनी पसिनाले निथुरुक भिजेर एक अर्को को ओठमा ओठ मिलाएर एकोहोरो हेरिरहेका थियौं । एकदमै प्रेमपूर्बक । प्रकाशले त्यो थाहा पाएपछि मसित बोल्न नै छोड्यो । तैपनि तिम्रो साथले मलाई प्रकाशलाई समेत छोड्ने बनायो । त्यो दिन देखी नै हामी एक अर्कोको पति पत्नी भैसकेका थियौ । त्यसैले त अनामनगरको कोठामा  बाँसको रेकमाथि राखेको गणेश भगवानलाई साक्षी राख्दै तिम्रो सिउँदोमा सिन्दुर लगाएर गहिरो चुम्बन गरेका थियौं । 
 
कहिल्लै नबिर्सने सुन्धारा त्यो कालीगण्डकी होटलको २२० नं. कोठा । जहाँ औपचारीक रुपमा पहिलो रात बितायौं । भाबनात्मक साथी हुँदै जीवनसाथी सम्मको  जीवनयात्रा तय गर्दै । गोधुली साँझ । अनि सँगै कहिले काठमाडौंका ती साँघुरा गल्ली घुम्ती टोल सडकको त्यो कोलाहल छिचोल्दै भक्तपुर साँगा पनौती हुँदै पुन काठमाण्डौं ।  कहिले नगरकोट काभ्रे हुँदै बनेपाको होटल भृकुटीमा मायाका कुरा सँगै अङगालोमा हराउने तिमी कति प्यारी थियौ है । कसरी  बिर्सौं खै तिमी सङ्गै बितएका ति रङिन रात र साथहरु । 
 
तिमी भन्ने गर्थौ नि म तिम्रो  भैसके हामीले बिहे नि ग¥यौँ तर कहिले सबैको अगाडि तिम्रो अर्धाङ्गिनी बनाएर हात समाउदै हिडाउँछौ । बाबुको मामु बन्ने रहर त कहिले मेटाउँछौ नि । अनि अत्तालिदै सोध्थ्यौ तिमी बिर्सेका त छैनौ नि अनामनगरको त्यो कोठा ? 
 
आज्ञाकारी विद्यार्थी जस्तै मुस्कुराउदै टाउको हल्लाउँदै भन्थे कहाँ बिर्सन सक्छु र ? हो यहि बिर्सिन नसक्ने बानी ले त आज पनि तिम्रा यादको गुलाम भएको छु  । म सम्झिरहेछु आँसुलाई लुकाएर हाँसोमा विलीन तिम्रा नयन, पातमा शीत टलपलायझै टलपल टलपल आँसुहरु, म प्रस्ट देखिरहेछु । आँसु लुकाएर पनि हाँस्न सक्ने कला मात्र तिम्रो हुन सक्छ । म नारीको अर्थ बोध गर्दैछु , तिमिमा ।
 
सिंहदरबार परिसरबाट पहिलो पटक काठमाडौं दिल्ली सिधा यातायातमा चढ्दाको याद त ताजै होला नि  । त्यहाँको त्यो सेल्फी खै बिर्सन खोज्दा पनि ......... । जान्छु ल । एक हप्तामा फर्कन्छु । पुग्दा साथ कल गर्छु । मेरो नट्टी ब्वाय । आँसु पुछ्दै हात हल्लाएर बिदा भएको त्यो क्षण । बिदाई गरेको त्यो दिन केहि नखाई बसेको म, सुनौली पुग्दा सम्म कत्ति पटक फोन गरेको थिए । एकाबिहानै उठेर त्यसदिन तिमीले तिम्रो छोरा भन्दै कम्मरमा हात राख्दा म कस्तो खुसी भएको थिएँ ।
 
तिमी घर गएको गयै भयौ  । न पुगेर कल गर्यौ । फेसबुकमा कत्ति म्यासेज गरे तर तिमी हेर्दै गयौ तर रिप्लाई किन गरिनौ  । मैले तिमीलाई सम्पर्क गर्न सक्ने माध्यम केहि छुटाईन । तिमीले मलाई गरेको प्रेम । अनामनगरको कोठाको के नाटक थियो ? तिमीलाई सोध्नु पर्ने त धेरै कुरा छन् तर यी सब कुरा को कुनै मतलब रहला र अब............. ?
 
तिमी सङै बसेको ठमेलको ड्रिम गार्डेन, नाग पोखरी, भिक्टोरी बार ,सोल्टी क्राउन प्लाजा, होटल कर्णाली,  यी सबै को याद अझै पनि ताजै घुमिरहन्छ, मेरो मानस्पटलमा । पानीमा भिज्दै सडकमा हुईकिदा रक्सीको विज्ञापन साईनबोर्डमा इमरान हास्मीको फोटो देखाउँदै तेरो जारलाई हेर त कति हेण्डसम छ म किस गर्छु नरीसा है भनेको सम्झिँदा अझै पनि एक्लै हाँस्छु एक्दम पागल जस्तै, । 
 
आजकल  म साँच्ची पागल भएको छु । तिम्रो यादले । त्यसैले त ती सबै ले हाँस्ने बाटो पाएका छन् । रुबीको पैसामा मोज गरेको आरोप सबले लगाए । प्रकाश राजेश रामनाथ गणेशलाई तिमी साथमा हुँदा नगनी हिँडेको थिए । प्रकाशको माध्यमबाट चिनेर प्रकाशलाई नै घात गरेको थिएँ ।
 
तिमीलाई माया गर्नुको सजाय सारा आफन्त टाढिदाँ पाँए तैपनि मलाई सब स्विकार्य थियो किनकि तिमी मेरो साथमा थियौ ।
 
साँचो यो हो कि गुमाउन तिमीले पनि गुमायौ र मैले पनि, तर फरक यत्ती हो कि म तिमीलाई पाउन सबैलाई गुमाए र तिमी सबै पाउन मलाई । अहिले न त आफन्त आफ्ना भए, न त तिमी नै । त्यसैले पनि अब जिन्दगी फेरि त्यहि मोडबाट सुरु गर्नु छ । जहाँ सारा आफन्त आफ्ना थिए र तिमी अपरिचित । तर म सामान्य मान्छे न परे बितेको समय फर्काउने शक्ति पनि त छैन मसङ । 
 
भन्छन् जसलाई माया गरिन्छ उसलाई पाईयो भने त्यो भाग्य, जो भाग्यमै छैन र पनि उसलाई माया गरिन्छ भने त्यो प्रेम । भाग्यले त तिमीसङै साथ छाडेको छ तर म तिमीलाई प्रेम गर्छु रुबी । चुरोटको धुवाँसँगै उढाउदै छु तिमीलाई अचेल । चुरोटको ठुटाको किस खाँदा तिम्रो पल पलको याद मेटिंदै गएको छ । सधै तिम्रो मायाले तड्पने यो मुटु अचेल चुरोटको तलतलमा छ ।
 
एक हप्ता पछि ग्लोबल आईएमई बैंकले बुटवल पठाएको छ । काठमाडौंमै ती पुराना सम्झनाहरु छाडेर जाने कोशिसमा छु । खाँदा बाँकी रहेको भोड्का हाले झोलामा । नाटकीले किनिदिएको चाँदीको फ्रेमवाला चस्मा छ । नाकमा टेकेर कानमा समाएको छ तेसको सम्पत्तिले । तेसको सम्झना यहि कोठामै छोडेर जाने बहानामा त्यसका उपहार फाल्दै छु । जबरजस्त समातेर ताने सिसा र गोजीमा राखेँ फ्रेम भुईंमा राखेँ । फगत सर्टिफिकेट बोकेर निस्किएँ ।
 
बटौली आएको धेरै पछि आज मन छचल्किएको छ । बैंकका स्टाफहरु बुटवल टुडेमा राशिफल हेर्दैछन् । एक दुईजनाको तुला राशि छ ।तुलाको राशिफल पढ्छन् र सुनाउँछन् । प्रेमप्राप्ति मिलन दुख सुख.......... । रुबीलाई सम्झन्छु । त्यसको नि तुला राशि हो । आज कता कता देख्न मन लागेको छ त्यसलाई । एकदुईजना कस्टमर आएर जिस्कन खोज्छन् सधै । कामै नभए नि एक हजार बोकेर डिपोजिट गर्ने बहानामा आउछन् । बोल्छन् जान्छन् । एक दुई प्रशिक्षार्थी स्टाफ पनि बहाना बनाएर आउछन् । तिनलाई के थाहा यो मन तुला राशिले घायल बनाएको ।
 
सिसिटिभि हेरेर बसेको छु आज माथि मोनिटर रुममा । च्यानलगेटबाट एकजना केटी छिरि । स्लिप स्टेशनमा गएर चेकमा सिग्नेचर गरि र लाइनमा बसी । सिसिटिभि जुम गरेर हेरे रुबी रैछे । हतारमा झरेँ र भनेँ २ न.मा बसेकी सरस्वती दिदिलाई टोकन नं १२३ मलाई दिनु है । हाँस्दै हस् भन्नुभो । उसले चिनिन मैले चिने । पुस्पा आयल सप्लायरको चेक ,फोन नं र नाम लेख्न भने । ९८४०११९०९२ रुबी राज्यलक्ष्मी हमाल शाह । १२२ को चेक साटिदिएँ । बोल्ने मनथ्यो बोलिन । । नं टिपेर म पनि बाहिरिएँ । स्थानिय निर्वाचनको समय हातमा सूर्य देखेर होला ऋचाले भन्दै थिईन् । के हो दाइ काङ्ग्रेस छोडेर एमालेको प्रचार ? म हाँसे मात्र ।
 
आजकल किन किन म फ्रेस भइको अनुभूति गरेको छु । सरस्वती दिदिहरु जिस्काउँछन् रघु फ्रेन्क हुँदै गयो भनेर । स्टाफहरु ग्लोबल र सत्यवती बैंकको मर्ज हुने कार्यक्रमको व्यापक तयारीमा छन् । म कार्यक्रमको उद्घोषक छु । मलाई हातमा विषयपत्र थमाइएको छ । पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकाल प्रमुख अतिथि हुने कार्यक्रम विशेष मानिएको छ । एकाएक एक जोडीको आगमन भो हातमा बच्चा समातेर । 
 
आदेश त नभनौं तर परिस्थितिले जोडीको स्वागत गर्न बाध्य बनाएको थियो । सत्यवती विकाश बैंकको सञ्चालक समितिका सदस्य गणेश बिक्रम शाह र रुबी राज्यलक्ष्मी हमाल शाह नाम हेरेर बसें ।प्रमुख अतिथिको आगमन ढिलो भएकोले कार्यक्रम सञ्चालन भएको थिएन । छोरी आएर माइनेट लेख्दै गरेको मेरो काखमा बसी । माइकिङ्ग डेस्कमा उभिएर भनी मामु मामु यो अंकलको हातमा नि रुबी लेखेछ नि । कसैसँग बोलिरहेकी रुबी एक्कासी मलाई देख्दा झस्किइ र अताल्लिएर उता फर्कि । रुबी बहाना झिकेर घोप्टी परेकी थिई । मन्द मध्यम स्वरमा गीत घन्किरहेको थियो ।
जोडेको नाता तोडेर गयौ 
पराईको घुम्टो ओडेर गयौ।
नयाँ