arrow

प्रहरीको निष्कर्ष : दूर्गा तिवारीको हत्या मनोज बुढाकै योजनामा भएको हो

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
Manoj-Pun.jpeg
काठमाडौं । गत पुष पहिलो साता रुपन्देशीको देवदहमा युवासंघका अध्यक्ष दूर्गाप्रसाद तिवारीको हत्यामा आरोपी मनोज बुढा मगर नै संलग्न रहको खुल्न आएको जानकारी दिएको छ । 
 
आईतबार रुपन्देही प्रहरीले पत्रकारसम्मेलन गरी विभिन्न किसिमको अनुसन्धानपछि मनोज पुन भनिने मनोज बुढामगर नै संलग्न रहेको दुल्न आएको जनाएको छ । प्रहरीले तिवारीको हत्यापछि पनि बुढाले रुपन्देहीका विभिन्न व्यक्तिहरुलाई टेलिफोन गरी प्रसा माग्ने गरेको र सो क्रममा विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई समेत परिचालन गर्नेगरेको बताएको छ । 
 
मुख्य योजनाकार बुढाको सहायकको रुपमा सहयोग गर्नेहरुको नामावली पनि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले आफूसँग रिसिईबी भएका व्यक्ति र उद्योग व्यवसायीहरुसँग समेत मोटो रकम असुली गर्ने र नभए रिसिईबी साँध्ने गरेको बताएका हुन् ।  
 
रुपन्देही प्रहरीले हत्याको आरोपित पुनलाई यथाशक्य चाँडो पक्राउ गरी सार्वजनकि गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । प्रहरीले पुनसंँग निगरानीमा राखेका अभियुक्तहरुको नामावली तल उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ