arrow

सरकारलाई राप्रपाको चेतावनी : यथास्थितिमा संशोधन विधेयक अघि नबढाऊ

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
RPP-news-aaja-new.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकलाई यथास्थितिमा समर्थन गर्न नसक्ने भन्दै त्यतिकै अघि बढाइए राजनीतिक रुपमा प्रत्युपादक हुने चेतावनी दिएको छ । आइतबार बसेको राप्रपा संसदीय दलको बैठकले विधेयक नसच्याइएसम्म संशोधन प्रस्ताव समेत दर्ता नगर्ने निर्णय गरेको हो । विधेयकमाथि संशोधन हाल्ने समय आइतबार सकिँदैछ ।

बैठकपछि प्रमुख सचेतक दिलनाथ गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मधेस केन्द्रित राजनीतिक दलहरुको माग सम्बोधन गर्ने क्रममा संसदमा प्रस्तुत र हाल विचाराधिन रहेको विधेयकले कसैलाई पनि सन्तुष्ट गर्न सकेको छैन । त्यसअर्थ विधेयकलाइए यथास्थितिमा राखी संसदमा रहेका सबै दलकाबीचमा नयाँ समझ्दारी कायम गर्न राप्रपाले बारम्बार आब्हान गर्दै आएको छ ।’

राप्रपाले यथास्थितिमा विधेयक अघि बढाउँँदा पास नहुने र यसको परिणाम राजनीतिक रुपमा प्रत्युपादक हुने समेत भनेको छ । उसले यथास्थितिमा विधेयक अघि बढाइए स‍ंशाेधनकाे पक्षमा मतदान नगर्ने समेत प्रस्ट्याएकाे छ । मधेस केन्द्रीय राजनीतिक दलहरुलाई विश्वासमा लिएर आगामी वैशाखमा हुने चुनावमा सबैको सहभागिता सुनिश्चित गर्नु पर्नेमा राप्रपाले जोड दिएको छ ।

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ