arrow

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुषाला

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
FNJ-logo.jpg.jpeg
कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुको छैंठौ जिल्ला अधिवेशनले अध्यक्षमा डिलाराम भुषाललाई सर्वसम्मत चयन गरेको छ । निर्विरोध निर्वाचित भएका भुसाल प्रेस सेन्टर नेपालका अध्यक्ष समेत हुन् । त्यस्तै महासंघको उपाध्यक्षमा प्रेस युनियनबाट सरोज अर्याल, महिला उपाध्यक्षमा प्रेस चौतारीबाट पार्वती पाण्डे, प्रेस चौतारीबाट सचिवमा हरि अधिकारी निर्विरोध चयन भएका छन । साथै, सहसचिवमा प्रगतिशिल पत्रकार संघका मोहन बेल्बासे, समावेशी सहसचिवमा शम्भु माली र कोषाध्यक्षमा दिपक खड्का निर्विरोध चयन भएको मुख्य निर्वाचन संयोजक रविन्द्रनाथ ठाकुरले जानकारी दिए ।
 
 कार्यसमिति सदस्यमा मणीप्रसाद गैह्रे,  मनिष कार्की, अर्जुन बेल्बासे, रमेश मिश्र, जानु पाण्डे, संजिव गहतराज, रामप्रकट कोरी, सरस्वती पौडेल, वसन्त बन्जाडे, सनिउल्लाह धोवी र शारदा केसी चयन भएका छन् । अधिवेशनले प्रदेश पार्षदमा गोपाल भण्डारी, किरणमान बज्राचार्य, कृष्ण प्रसाद ढकाल, खग प्रसाद चापागाँइ, ,  राजेश चौधरी, इमरान खां, जमुना शाह, स्वेता योगी, ओरीराम चौरसिया, सोनकली थारु, तुल्सीराम यादव, परशुराम यादव, लाल बहादुर भण्डारी, सिताराम चौधरी, बाबुराम रायमाझी, शरद अधिकारी, कमला बन्जाडे, कृष्ण श्रेष्ठ, केयर सिंह अदै, श्रृजना खनाल, लिलामणी आचार्य  र यज्ञप्रसाद उपाध्यायलाई चयन गरेको छ ।
 
 केन्द्रिय पार्षदमा वसन्त गिरी, नेत्र पन्थी, भेषराज पाण्डे, विकास बन्जाडे, निशा विश्वकर्मा, नन्दराम पौडेल, अर्जुन श्रेष्ठ, सरिता ज्ञवाली, मनोज पौडेल, शुसिला बेल्बासे, बनारसी बर्मा, मनोज श्रीवास्तव, शशिधर सापकोटा र माधवभाट क्षेत्री चयन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ