arrow

स्वास्थ्य मन्त्री गगन थापाले गरे अंगदान

अंगदान संस्कृतिमा सकारात्मक सन्देश

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
gagan_anga_dan.jpeg
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले अंगदान गरेका छन् । मृत्युपछि अंगदान दिन चाहने व्यक्तिले दिने मंजुरीनामा पत्रमा आईतबार हस्ताक्षर गर्दै स्वास्थ्यमन्त्री थापाले आफ्नो निधन भएपछि मृगौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज र सानो आन्द्रा अन्य व्यक्तिको शरीरमा प्रत्यारोपण गर्नकोलागि स्वीकृति दिएका हुन् । 
 
कुनैपनि व्यक्तिले आफ्नो निधन भएपनि आफ्ना अंगहरु कुनै अंगपीडित व्यक्तिहरुलाई दान गर्नसक्ने व्यवस्था सहित २०५५ सालमा बनेको मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धि ऐन २०५५ अनुसार मन्त्री थापाले अंगदान गरेका हुन् । यसरी मुलुकको स्वास्थ्य मन्त्रीले नै अंगदान गर्दा आम मानिसमा अंगदानप्रति सकारात्मक भावनाको विकास भई मृत्युपछि त्यसै खेर जाने अंग कुनै विरामीको शरीरमा प्रत्यारोपण गर्ने राम्रो संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ । 
 
मञ्जुरीनामामा हस्ताक्षर गर्दै मन्त्री थापाले आफूले ऐनको दफा १६ को उपदफा १ को खण्ड (ख) बमोजिम जानीबुझी अंगदान गरेको हुँ भनी दस्तखत गरेका छन् । उक्त दफाका अनुसार अंग प्रदान गर्नको लागि इच्छुक व्यक्तिले आफ्नो जीवनकालमा नै तोकिएबमोजिममको ढाँचामा मञ्जुरी दिनुपर्ने उल्लेख गरिएको छ । जसमा अंग दान दिँदा सबैभन्दा पहिले विरामीको नजिकको नातेदार वा दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा बाहिरी मान्छेले पनि अंग दान दिनसक्ने व्यवस्था उल्लेख गरिएको छ । 
 
त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यले मञ्जुरीनामा दिएपछि मात्रै दान दिन सकिने व्यवस्था रहेको छ । सोको लागि तोकिए अनुरुपको ढाँचामा रहेको मञ्जुरीनामामा हस्ताक्षर गरेको हुनुपर्ने उल्लेख गरिएको छ । मन्त्री थापाले पनि सोही मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ