arrow

बाबुराम भट्टरार्इ र उपेन्द्र देवकोटा पढेको विद्यालय थलापर्‍यो

तत्काल नबनाए आमरण अनसन बस्ने व्यवस्थापनको चेतावनी

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
baburam_upendra.png
काठमाडौ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र चर्चित न्यूरो सर्जन डा उपेन्द्र देवकोटा अध्ययन गरेको गोरखाको अमरज्योति जनता माध्यामिक विद्यालय पुनःनिमार्णको काम अलपत्र परेको भन्दै विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयको पूर्ननिर्माण तत्काल अघि नबढाए आमरण अनशन बस्ने चेतावनी दिएको छ । 
 
आईतबार रिपोर्टर्स क्लब नेपालमा विद्यालय व्यवस्थापन समितिले आईतबार पत्रकार सम्मेलन गरी भूकम्पबाट क्षतिग्रस्त भएको उक्त विद्यालयको पुनःनिमार्ण अलपत्र परेको जानकारी दिएको हो ।
 
व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले काठमाडौंस्थित् भारतीय दुतावासले निमार्ण गरेको ३५ कोठे भवन विद्यालयलाई हस्तान्तरण नगर्दै भत्किएको गुनासो पोखेका छन् । अध्यक्ष न्यौपानेले भने, ‘दुई तीन जना गएर तत्काल निमार्ण कार्य अघि नबढाए आगामी फागुन २२ गतेदेखि आमरण अनसन बस्छु ।’
 
त्यस्तै अमरज्योतिका पूर्व विद्यार्थी एव्म पत्रकार राजेन्द्र बानियाँले भारतीय दुतावासले बनाईदिन्छु भनेर आश्वासन मात्रै दिईरहेकाले आमरण अनशनसम्मका आन्दोलन गर्नुपरेको बताए ।  उनले भने,‘हामी हाम्रो विद्यालय आफै बनाउँछौं, तर भारतिय दुतावासले सक्दिन भनेर हात झिक्र्नपर्छ, हामी आँफै बनाउँछौँ, डा. बाबुराम भटराई, डा.उपेन्द्र देवकोटा लगायत मानिस जन्माएको विद्यालय आज थला परेको छ, तत्काल यसको उपचार हुनुपर्छ ।’ 
  
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ