arrow

जीपले भलीबल फुटाए पछि सह चालकलाई ढुङ्गाले हानेर मारियो

पिडीत र प्रहरीबीच दोहोरो झडप, सात प्रहरी सहित १२ जना घाईते

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ फागुन १५ आइतबार
vollyball-case.jpeg
 बझाङ। दौलिचौर गाबिसको दौलिचौरमा बिद्यार्थीहरुले खेलिरहेको भलीबल जीपले कुल्चेर फुटेपछि बिवाद हुदा  एक जनाको ज्यान गएको छ । दौलीचौर गाविसका २३ बर्षिया दिपेन्द्र बोहराले ढुङ्गा प्रहार गर्दा जीपका सह चालक दिनेश बोहराको मृत्यु भएको हो । 
 
दिपेन्द्रको कुटपिटले घटनास्थलमा गम्भिर घाईते भएका दिनेशलाई उपचारको लागी नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यू भएको उनका आफन्तले बताए। हत्यारा दिपेन्द्रलाई प्रहरीले नियन्तणमा लिई आईतवार जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा पिडीतका आफन्त र प्रहरी बिच मुडभेड भएको छ । 
 
पिडीतका आफन्तहरुले हत्याको बदला हामी हत्या गर्छौ भन्दै दिपेन्द्रलाई आक्रमण गर्न खोजेपछि प्रहरी र स्थानियबीच झडप भएको हो । झडप साम्य बनाउन प्रहरीले दुई राउन्ड हवाई फाएर समेत गरेको छ  । 
 
 प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्द्रले भने 'घटनामा संलग्न दिपेन्द्रलाई हामीले नियन्तण गरि जिल्ला प्रहरी कार्यालय ल्याउन खोज्दा पिडितका आफन्तले हत्याको बदला लिन्छौ भनि ढुङ्गामुडा गरेपछि  प्रहरी र पिडित पक्षविच सामान्य झडप भएको हो ।'  पिडित पक्षको ढुङ्गामुडा बाट सात जना प्रहरी जवान घाईते भएको समेत उनले जानकारी दिए  । प्रहरी र मृतकका आफन्तबीच दोहारो मुडभेड भए पछि दुबै पक्षका गरि १२ जना घाईते भएका छन् । अहिले अवस्था सामान्य भएको छ । यस अगाडी पनि दौलीचौरमा हत्याका घटनाहरु हुदै आएका थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ