arrow

निर्वाचनमा जुट्न महामन्त्री कोइरालाको निर्देशन

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
Sasanka-Koirala.jpeg
दाङ। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गुट उपगुट छाडेर स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 
 
नेपाली काँग्रेस, दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटमा कोइरालाले निर्वाचनको मिति घोषणा भइसकेकाले गुट, उपगुट छाडेर गाउँगाउँमा खट्न निर्देशन दिए । 
 
आगामी मङ्सिर अघि नै तीन चरणको निर्वाचन सकिने र त्यसपछि समृद्ध नेपालको योजना बनाई देशलाई विकासतर्फ अघि बढाउनुपर्ने उनको भनाइ थियो । 
 
यसैबीच, महामन्त्री कोइरालाले पद्मोदय पब्लिक माध्यमिक विद्यालयमा खानेपानीका लागि स्थापना गरिने भूमिगत पानी तान्ने डिप बोरिङको पनि शिलान्यास गरेका छन् । सो विद्यालयमा झन्डै पाँच हजार विद्यार्थी रहेका बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ