arrow

दलित संघ मकवानपुरमा विश्वकर्मा निर्वाचित, अरु को-कोले जिते ?

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
dalit_sangh.jpeg
हेटौंडा । नेपाल दलित संघ मकवानपुरको पाचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा अनिल विश्वकर्मासहित १८ सदस्यीय कार्यसमिति चयन भएको छ ।
 
आईतबार भएको सम्मेलनले उपाध्यक्षद्वयमा खिलबहादुर खाती र गौरब बिक, सचिव अमिक परियार, कोषाध्यक्ष रुपा विश्वकर्मा, सहसचिव बलराम मग्राती चयन भएका छन् भने सदस्यहरुमा टक्कु विश्वकर्मा, उमेश सुनार क, सोनु परियार, सूर्य बिक, उमेश सुनार ख, तुलबहादुर बिक, सीता परियार, उर्मिला चुनारा, लोकबहादुर बिक, सन्तोष विश्वकर्मा, अशोक विश्वकर्मा, अनिता विश्वकर्मा र गोपी विक चयन भएका छन् ।
 
त्यसैगरी, केन्द्रीय महाधिबेशन प्रतिनिधिमा कृष्ण कुमार नेपाली, मिलन परियार, बीरबहादुर विश्वकर्मा, शान्ता बिक, सम्झौंता बिक र मनमाया नेपाली चयन भएका हुन् ।
 
दलित संघ मकवानपुर अध्यक्ष मिलन परियारको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद महालक्ष्मी उपाध्याय डिना, विशिष्ट अथिति नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, अथितिहरु नेपाल दलित संघका केन्द्रीय सदस्य रमेश अच्छामी, नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, आनन्द कठायत, जिल्ला कोषाध्यक्ष तथा दलित संघका केन्द्रीय सदस्य गोपीलाल विश्वकर्मा, पार्टीका प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, मजदुर विभाग प्रमूख हरि वाग्ले, पवित्रा बिकलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरु दामोदर खनाल, यतिराज सापकोटा, तारानाथ चौलागाई, लोकबहादुर मुक्तान, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्ष राजु सापकोटा, ट्रेड युनियन काँग्रेस मकवानपुर अध्इक्ष कुमार पौडेल, प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल, जिल्ला अध्यक्ष रुपेश दुलाल शिक्षक संघ मकवानपुर अध्यक्ष रामसागर गुरागाईलगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ