arrow

शेर्पासहित उत्तरी भेकका समुदायले नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’ मनाउँदै, सार्वजनिक बिदा

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
gyalbo-lhosar.jpeg
काठमाडौँ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले सोमबार नयाँ वर्ष अर्थात् ग्याल्बो ल्होसार मनाउँदै छन् । उनीहरुको पात्रेअनुसार नयाँ वर्षको दिन ग्याल्बो ल्होसार पर्दछ । पर्यटन क्षेत्रका लागि निकै नै फलदायी मानिने शेर्पा समूदायलाई सरकारले सही कदर गर्न नसकेको चर्चासमेत हुने गरेको छ ।
 
ग्याल्बो ल्होसारकै अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमसमेत गर्दैछ । 
 
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । 
 
यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लागेको छ । 
 
एक संस्कृतिविद्का अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।
 
यही दिनदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । 
 
अन्य समुदायलाई यसले खासै प्रभाव पार्ने नभए पनि सरकारले ग्याल्बो ल्होसारको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ