arrow

सेनाले रक्षा मन्त्रालयमार्फत थप रकम माग्यो, हवाई सुरक्षा मजबुत

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
army-chief-rajendra-chhetri.jpeg
काठमाडौं । नेपाली सेनाले पाँचवटै पृतनामा सुविधासम्पन्न हवाई बेस निर्माण र अत्याधुनिक हेलिकप्टर खरिद, विशिष्ट व्यक्तिको आवागमनमा हवाईजहाज प्रयोग र आपतकालिन उद्धार, राहत तथा कारवाहीमा आवश्यक सामाग्री खरिदका लागि सरकारसँग थप रकम मागेको छ ।
 
विष्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर र हवाई सुरक्षा मजबुत बनाउने योजनाअनुसार सेनाले रक्षा मन्त्रालयमार्फत थप बजेट माग गरेको हो ।
 
रक्षाले सरकारसँग मन्त्रालय, राष्ट्रय सुरक्षा परिषद र नेपाली सेनासम्बन्धी विविध योजनाका लागि आधा खर्ब थप रकम मागेको हो ।
 
मन्त्रालयले हवाई सुरक्षा, विपत् व्यवस्थापन, बन्दोबस्ती र प्रतिरक्षा तथा आतंकवादविरुद्धका विविध परियोजना शीर्षकमा सरकारसँग ५० अर्ब ८५ करोड रुपैयाँ थप मागेको छ ।
 
सैनिक मुख्यालयको योजना अनुसार हाल सेनासँग रहेका उपकरण लिलाम बिक्री तथा थन्क्याएर ३० थान साना, मझौला र ठूला हेलिकप्टर र उपकरण खरिद हुनेछ । 
 
सेनाले २०८० सम्ममा हवाई निर्देशनालयलाई आपतकालिन अवस्थामा हवाई प्रतिरक्षासहितको साधनस्रोत सम्पन्न बनाउन पहल सुरु गरेको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ