arrow

लिग कप फुटबलको उपाधि म्यानचेष्टर युनाइटेडलाई, मौरिन्हो र रुनीको कीर्तिमान

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
league-cup-man-utd.jpeg
वेम्बले । इङलिश फुटबल प्रतियोगिता लिग कपको उपाधि म्यानचेष्टर युनाइटेडले जितेको छ । आइतबार राति घरेलु मैदान वेम्बलेमा खेलेको म्यानचेष्टर युनाइटेडले फाइनलमा साउथह्याम्पटनलाई ३–२ ले हरायो । म्यानचेष्टरलाई जिताउन ज्लाटान इब्राहिमोभिचले दुई तथा जेसी लिंगार्डले एक गोल गरे ।
 
२–० ले पछि परेको अवस्थामा साउथह्याम्पटनका मानोलो गाबिआदिनीले गोल गर्दै बराबरी गरे पनि ८७ औं मिनेटमा ज्लाटानले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई निर्धारित समयभित्रै जिताए । 
 
यो जितले सबैभन्दा ठूलो राहत म्यानचेष्टर युनाइटेडका म्यानेजर होजे मौरिन्होलाई भएको छ । मौरिन्होले टिम सम्हालेपछि म्यानचेष्टर युनाइटेडलाई पहिलो उपाधि दिलाएका हुन् ।
 
त्यसैगरी उनले लिग कपको उपाधिको संख्या चार बनाएका छन् । यसअघि उनले चेल्सीलाई तीन वटा उपाधि दिलाएका थिए । 
 
त्यसैगरी खेलाडी करियरबाट टाढिँदै गरेका म्यानचेष्टर युनाइटेडका स्ट्राइकर वाइने रुनीले पनि लिग कप उपाधिमाथि ह्याट्रिक गरेका छन् । 
 
यो उपाधिसंगै म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा पनि सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 
Wayne Rooney holds the EFL Cup aloft after Manchester United beat Southampton to win the trophy at Wembley
Jose Mourinho holds the EFL Cup aloft in the Wembley royal box, after winning the competition for a fourth time
Ibrahimovic thumped home a header with less than five minutes remaining, with the goal securing the trophy for United
His two goals moved the talismanic forward onto 26 goals for the season in what is a stunning first year at OId Trafford
Ibrahimovic had earlier curled Manchester United into the lead in the first-half with this sumptuous free-kick
It was the Swede's 25th goal of his first season at Manchester United, as he once again exerted dominance on a big occasion
It was soon 2-0 as Jesse Lingard picked his spot and superbly found the bottom corner as he scored at Wembley once again
Wayne Rooney, who had to make do with a place on the bench, waves to a friendly face in the crowd during the warm-up
The fireworks go off as the teams emerge from the Wembley tunnel ahead of the much-anticipated EFL Cup final
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ