arrow

भूकम्पले हल्लायो, रामेछाप केन्द्रबिन्दू भएर ४.६ रेक्टर स्केलको भूकम्प

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
aftershook-ramechap.jpeg
मन्थली । रामेछापमा बिहान भूकम्प गएको छ । बिहान ९ः२२ बजे सालुपाती र सुनारपानीको बीचमा केन्द्रबिन्दू पारेर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
 
पछिल्लो समयमा केही ठूलो मापन गरिएको यस भूकम्पको धक्कालाई राष्ट्रिय भूकम्प मापन केन्द्रले गत वर्ष बैशाख १२ गते गएको गोरखा भूकम्पको पराकम्पनका रुपमा लिएको छ ।
 
नौ दिनअघि धादिङलाई केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्पन आएको थियो ।
 
बैशाख १२ देखि अहिलेसम्म ४ रेक्टर स्केलदेखि माथिका ४७८ वटा पराकम्पन आइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ