arrow

वीरगन्ज नाकाबाट तीन महिनामा रु २१ अर्ब घाटा

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
birjung.jpg.jpeg
काठमाडौँ । तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण कुल भन्सार राजस्वमा ५५ प्रतिशत हिस्सा ओगटेको वीरगन्ज भन्सार नाकाबाट राज्यलाई रु २१ अर्बभन्दा बढी घाटा लागेको छ । चालु आव २०७२-७३ को असोज, कात्तिक र मङ्सिरमा मात्र उक्त भन्सार नाकाबाट रु २१ अर्ब २१ करोड घाटा भएको भन्सार विभागले जनाएको हो । भन्सार विभागले उक्त नाकाबाट रु सात अर्ब ७६ करोड भन्सार राजस्व असुली गर्ने लक्ष्य राखे पनि रु एक अर्ब ९९ करोड अर्थात् २५.५७ प्रतिशत मात्र प्रगति हासिल गरेको हो । 
 
चालु आवको बजेटमा सरकारले रु चार खर्ब ७५ अर्बको राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि पूरा नहुने देखिएको छ । विभागका प्रवक्ता सूर्य सेढाईंका अनुसार चालु आवमा भारतसँगका मुख्य नाका बन्द हुँदा समग्र भन्सारमा पनि असर परेको बताउनुभयो । उहाँले भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्तिमा परेको नकारात्मक असरका कारण भन्सारमा ठूलो असर परेको छ भने सवारीसाधन, फलाम, इस्पात एवम् चुनढुङ्गा आयातमा परेका असरका कारण पनि भन्सार प्रभावित भएको हो । 
 
त्यसैगरी नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात र इन्धन अभावका कारण निर्यातमा पनि प्रभाव परेको छ । प्रवक्ता सेढाईंले आगामी दिनमा मुख्य भन्सार नाकामा सुधार नआउने हो भन्ने मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ