arrow

मुलुकलाई दुर्घटनाबाट बचाउन संविधान संशोधन गरी चुनावमा जानुपर्छ – योगेन्द्र चौधरी

मधेसी मोर्चा हार्डलाइनर, फोरम लोकतान्त्रिक सफ्टलाइनर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ फागुन १६ सोमबार
Yogendra-chaudhari-sachetak-madhesi-janadhikar.jpeg
काठमाडौं । व्यवस्थापिका संसदमा संविधान संशोधनको विषय अगाडि बढ्नेमा शंका भइरहेका बेलामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संविधान संशोधन नै अहिलेको राजनीतिक अस्थिरताको एकमात्र विकल्प भएको बताएको छ ।
 
फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले हाम्राकुरासंगको विशेष कुराकानीमा संविधान संशोधनमार्फत निकास खोज्न शीर्ष दलहरुलाई आग्रहसमेत गरेका छन् । 
 
उनले संविधान संशोधन गरेरमात्र स्थानीय निकायको निर्वाचन गरिनुपर्नेमा जोड दिएका छन् । संविधान संशोधन नगरी चुनाव हुनै नसक्ने उनको तर्क छ । यदि संशोधन बिना चुनाव गर्न खोजियो भने मुलुक गम्भीर संकटमा फस्ने पनि चौधरीको चेतावनी छ ।
 
प्रमुख सचेतक चौधरीले यसअघि भएको १६ बुँदे सहमतिलाई टेकेर आफूहरुले ८ प्रदेशका लागि संशोधन प्रस्ताव दर्ता गराएको पनि बताएका छन् । 
 
फोरम लोकतान्त्रिकसहित ५ दलहरूले आइतबार संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिराहा जिल्ला समेटेर आठौं प्रदेश बनाउनुपर्ने माग गरेका छन् । त्यस्तै नवलपरासी जिल्ला विभाजन गर्न नहुनेसमेत उनीहरुको माग छ । 
 
मधेसी मोर्चाको भन्दा फरक माग प्रस्तुत गरेकोप्रति चौधरीले आफूहरु समस्या समाधान गर्नका लागि १६ बुँदेलाई टेकेर अगाडि बढेको बताए । 
 
उनले भने, ‘उहाँहरु समस्या बल्झाउने किसिमका हार्डलाइनर पर्नुभो, हामी समस्या समाधान गर्ने सफ्टलाइनर भयौं ।’
 
सांसद चौधरीले ‘दलहरुले इमानदारिता नदेखाउने हो भने मुलुक गम्भीर मुलुकमा पुग्ने भएकाले हामीले विकल्पमात्र दिएका हौं’ भनेका छन् । 
 
प्रमुख सचेतक चौधरीले मधेसी र थारुहरुले असुरक्षित महसुस गरिरहेकाले माग संवोधन नगरी जवरजस्ती गर्न खोज्नु मुठभेड निम्त्याउनु भएको पनि बताएका छन् । 
 
शीर्ष दलहरु सही दिशामा नहिंड्ने हो भने ज्ञानेन्द्र शाहको जस्तो हालत हुने भन्दै चौधरीले संयम भएर मधेसका माग पूरा गर्न पनि ध्यानाकर्षण गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ