arrow

पाणिनी क्याम्पसमा नेविसंघ र क्रान्तिकारी संयुक्त प्यानल भारी मतले विजयी

logo
सुरज रायमाझी,
प्रकाशित २०७३ फागुन १६ सोमबार
nsu-arghakhanchi.jpeg
सन्धिखर्क। अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहरका रुपमा परिचित पाणिनी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, क्रान्तिकारी, विप्लव र नयाँ शक्ती सहितको संयुक्त प्यानल भारी मतले विजयी भएको छ। इतिहासमा भएको ३ पटकको चुनावमा अनेरास्ववियुले चुनाव जितेपनी अहिलको स्ववियु चुनावमा सवै संगठनहरु एकजुट भएर अनेरास्ववियुलाई हराउन लागेका थिए र अनेरास्ववियुको प्रत्यक्ष तर्फ पत्ता साफ भएको छ।  पटक पटक चुनाव जितिरहेको ठाउँ पाणिनी क्याम्पसमा अनेरास्ववियुले आफनो जित हुन्छ भनिरहदाँ नेविसंघको समर्थनमा क्रान्तिकारीका लमण खड्का अध्यक्षमा भारी मतले विजयी हुनुभएको छ । खड्काले २६६ र उनका प्रत्यासी अनेरास्ववियु र छैठौका उम्मेदवार वसन्त श्रेष्ठ १९६ मत ल्याएका हुन।
 
खड्का श्रेष्ठ भन्दा ७० मत धेरै ल्याएर भारी मतले चुनाव जितेका हुन। त्यस्तै नेविसंघको तर्फबाट सचिव पदका उम्मेदवार बर्जना खनालले २६१ मत ल्याउनुभएको थियो भने, खनालकी प्रत्यासी सन्देश खनाल १८४ मत ल्याएका थिए। सन्देशको भन्दा बर्जनाको ७७ मत बढी ल्याएर चुनाव जितेकी हुन।
 
त्यस्तै कोषाध्यक्ष पदका उम्मेदवार नेविसंघकै घनश्याम पौडेलले २५७ र उनका प्रत्यासी भुवन खनाल १९२ मत ल्याएका थिए । खनालको भन्दा पौडेलको ६५ मत बढी ल्याएर चुनाव जितेका हुन । त्यस्तै सदस्यहरुमा नेविसंघका उम्मेदवार तथा संयुक्त प्यानल नै विजयी बनेको छ । सुशील बेल्बासेको २५७, अनिसा साही ठकुरीको २५३, सर्मिला पन्थीको २४४ ल्याएर भारी मतका साथ चुनाव जितेका हुन। सदस्यहरुका प्रत्यासिहरु ठाकुर भुसाल २०४, प्रकास राउत क्षेत्री १८१ र पुस्पा गैरले १८६ ल्याएका थिए।
 
अर्घाखाँची जिल्लामा विभिन्न क्षेत्रमा बामपन्थी एकता भएपनी पाणिनी बहुमुखी क्याम्पसमा भएको स्ववियु चुनावबाट बामपन्थी एकता तोडिएको छ। कांग्रेस र माओवादीका नेताका अनुसार पाणिनी क्याम्पसको चुनावबाट सुरुबात भएको बताउदै लगत्तै हुने स्थानिय निकायको चुनावमा दुई पार्टीको एकता हुने एक नेताले बताए । जिल्लाको हरेक क्षेत्रको विकासका लागी कांग्रेस र माओवादी मिलिरहनु पर्ने माओवादीका एक नेताले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ