arrow

'निर्वाचन हुन नदिने षडयन्त्र हुँदैछ'

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ फागुन १६ सोमबार
keshab-moga-minister.gif
पाँचथर । सामान्य प्रशासन मन्त्री केशव कुमार बुडाथोकीले स्थानीय तहको निर्बाचन हुन नदिने षडयन्त्र भइरहेको बताउनु भएको छ । फिदिममा आज विहान पत्रकारहरु सँग कुराकानी गर्दै मन्त्री बुडाथोकीले त्यो षडयन्त्र एमालेले गरिरहेको आरोप लगाएका छन् बाहिर निर्बाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउँने षडयन्त्रमा एमाले लागेको बुडाथोकीले दाबी गरे । जसका लागि एमालेले कुनै पनि संवैधानिक एजेन्डा नै नबोकेको राप्रपासँग साँठगाँठ गरिरहेको बताए ।
 
‘संविधान वाइवल र गीता होइन यो संशोधन हुँदै जान्छ’ उनले भने ‘तर संशोधनको सबैभन्दा ठूलो बाधक एमाले बनेको छ ।’ मन्त्री बुडाथोकीले शंसोधन प्रश्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावस्यक बखेडा झिकेको आरोप लगाए ।
 
बुढाथोकीले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्बाह गरी मुलुकलाई निकाश दिने दाबी गरे । मन्त्री बुढाथोकी जिल्लाको जोरपोखरीमा आयोजित नेपाल शिक्षक संघको क्षेत्रीय भेलामा सहभागी हुन पाँचथर आइपुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ