arrow

कूलमान भन्छन् 'अफिसमै आएर सम्मान गर्न थाले अहिले त'

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
kulman-ghising-news.gif
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले लोड सेडिङ अन्त्य गर्ने सवालमा आफू भन्दा पनि नेपाली जनताहरुको हात ठूलो रहेको बताएका छन् । गोगो फाउण्डेसनले घिसिङको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोडसेडिङ हुँदैन भनेपछि नेपाली जनता सबैले समझदार बनेर विजुलीको अनावश्यक खपत रोकेकोले लोडसेडिङ अन्त्य भएको बताएका हुन् । 
 
विद्युत प्राधिकरणले अहिलेसम्म पनि काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा नगरेको भन्दै सबैजनाको सहयोगले अहिले राजधानीमा विद्युत भार कटौती नगरिएको बताएका हुन् । अर्को प्रसंगमा घिसिङले लोडसेडिङको समस्याले पीडित भएका वेल्डिङ व्यवसायीहरु, आफ्नौ घरमा अक्सिजन राखेर विरामीको उपचार गराईरहेकाहरु लगायतले अफिसमै आएर सम्मान गर्ने गरेको बताए । 
 
‘अहिले त अफिसमा नै आएर सम्मान गर्ने गरेका छन् ।’ उनले भने ‘लोडसेडिङले कति समस्या पारिरहेको थियो । अहिलेत धेरै फाइदा भएको छ सम्मान त गर्र्नैपर्यो नि भन्दै अफिस मै आउन थालेका छन् अहिले त ।’
 
डिजेल प्लान्ट नै नरहेको उदयपुर सिमेन्ट उद्योगमा पनि लोडसेडिङ कम गरेपछि १७ वर्षपछि उद्योग फाईदामा गएको स्मरण गर्दै कार्यकारी निर्देशक घिसिङले उदयपुर सिमेन्टले अहिले आएर आफ्नो उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरिरहेको जानकारी दिएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ