arrow

दर्शक लुट्दै ‘लुट २’, २ दिनको कमाइ ३ करोड

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
Loot-2-Box.jpeg
काठमाडौं । निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट २’ 'लुट'  को सिक्वेल रहे पनि चलचित्र 'लुट जतिको  उत्कृष्ट   नरहेको दर्शकले गुनासो गरेका छन् । राम्रो पटकथाका कारण ‘लुट’ को सिक्वेलले दर्शकको बढेको अपेक्षालाई पूरा गर्न सकेको देखिदैन ।  ‘लुट २’ मा यसपटक लेखक समेत रहेका निश्चलले पटकथामा पर्याप्त मिहिनेत गर्न सकेका छैनन् । 
 
सौगात मल्ल, दयाहाङ राई, कर्म, विपिन कार्की, ऋचा शर्मा, सृजना सुब्बा, सुशिलराज पाण्डे, प्रतिकराज न्यौपानेको अभिनय रहेको चलचित्र पात्र र चरित्रले ‘लुट २’ लाई सिक्वेलका रूपमा चिनाउन मद्दत गरेको छ । तर ‘लुट’कै स्तरमा सिक्वेलमा भने कलाकार जोसिला हुन सकेका छैनन् । 
 
चलचित्रको सम्पादन पक्ष पनि खराब रहेको छ । निर्देशक निश्चल प्रति दर्शकले गरेको  ठूलो अपेक्षाले पनि ‘लुट २’ लाई कमजोर बनाएको छ। ‘लुट २’ बाट मनोरञ्जन भने पक्कै लिन सकिने छ तर तपाईले अघिल्लो चलचित्र ‘लुट’ लाई दिमागमा राख्नु हुनेछैन ।  तर सिक्वेल हेर्ने दर्शकले यसो गर्नु सहज भने हुनेछैन ।
 
चलचित्रले  रिलिजको दिन १ करोड ५२ लाख कमाएको थियो ।‘लुट २’ सय बढी हलहरुमा प्रदर्शन भैरहेको छ । चलचित्र हेर्न काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको घुँइचो लागेको छ ।  ‘लुट २’ले देशभरकाबाट २ दिनमा ३ करोड आसपासको व्यापार गरेको निर्माताले दावी गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ