arrow

अब कमाइको दश प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने

बाबुआमाले पनि सबै सम्पत्ति सन्तानलार्इ दिन नपाउने

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
kumar-Khadka.jpeg
काठमाडौं । सरकारले ज्येष्ठनागरिकहरुको लागि लाभदायक व्यवस्था लागू गर्ने भएको छ । बुढेशकालमा बाबुआमालाई बेवास्त ागर्ने परिपाटीको विकास भएपनि सरकारले जो कोहीले पनि आफ्नो कमाईको १० प्रतिशत आफ्नो बाबुआमालाई दिनुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको हो । 
 
महिला वालवालबालिका तथा समाजकल्याण मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोगना गरी प्रत्येक सन्तानले आफ्नो कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था लागु गर्न लागिएको जनाएका हुन् । 
 
कार्यक्रममा बोल्दै मन्त्री कुमार खड्काले आफ्ना सन्तालाई बाबु आमाप्रतिको कर्तव्य वोध गराउन मन्त्रालयले आफ्नो कमाइको दश प्रतिशत आमा बुवाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । यो योजनाले बुढेशकालमा बाबुआमालाई बृद्धाश्रममा पठाउने परिपाटीको अन्त्यहुने मन्त्री खड्काको दाबी थियो । 
 
यसैगरी जेष्ठ नागरिकले आफू जिवितै रहेको अवस्थामा आफ्नो सम्पूर्ण सम्पत्ति सन्तानलाई दिन नपाउने व्यवस्था पनि गर्न लागेको छ । आबाबुवाले आफ्नो सम्पत्ति ७५ प्रतिशत मात्र आफ्ना सन्तालनलाई दिन पाउने व्यवस्था गर्न  लागिएको मन्त्री खड्काले जानकारी दिए । बाँकी २५ प्रतिशत भने आफ्नो सेखपछि मात्र सन्तानलाई दिन पाउने कानुनी व्यवस्था गर्न लागिएको हो ।
 
त्यस्तै, महिलामा लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । त्यसकालागि मन्त्रालयले सरकारी अस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको छ । 
 
नेपाली महिलाहरुमा लाग्ने पाठेघर क्यान्सरको उपचार सरकारले निशुल्क उपचार गर्ने भएपछि धेरै महिलाले राहत पाउने मन्त्री खड्काले बताए । ‘हामी लोकप्रिय हुने भन्दापनि महिलाले राहत पाउनुपर्छ भन्ने उद्देश्यले पाठेघरमा लाग्ने क्यान्सरको निशुल्क उपचारको व्यवस्था गर्न लागिएको हो,’ पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘यसबाट क्यान्सर लागेका महिलाले राहत महशुस गर्ने हामीले अपेक्षा लिएका छौं ।’
 
मन्त्री खड्काले देशका कुनै पनि ठाउँमा  ठाउँमा महिलामाथि भएका घरेलु हिंसालगायत सबै प्रकारका हिंसाका घटनामा राज्यले पीडितको उद्दार गर्ने, कानुनी सहायता दिने, उपचार तथा पूर्नस्थापना गर्न तत्काल जिम्मेवार समूहको निर्माण गर्ने जानकारी दिए । 
 
मन्त्रालयले  प्रत्येक जिल्लामा बालिबालिकाका लागि खेलकुल, मनोञ्जन र शारीरिक अभ्यासको व्यवस्थासहित बाल उद्यान स्थापना गर्ने तयारी गरेको छ। ‘आगामी आर्थिक वर्षमा २१ वटा र यही आर्थिक वर्षमा १० वटा बाल उद्यान निर्माण गर्ने लक्ष्य लिएका छौं,’ मन्त्री खड्काले भने, ‘प्रत्येक जिल्लामा जेष्ठ नागरिककालागि बृद्धाश्रमको निर्माण गर्ने लक्ष्य अनुसार आउँदो आर्थिक वर्षमा  प्रत्येक प्रदेशमा १ वटाको  दरले नमुना सशुल्क बृद्धाश्रम निर्माण गरिनेछ।’
 
मुलुकका सबै स्थानीय तहमा कम्तिमा एउटा बृद्धाश्रम रहनेगरी आगामी आर्थिक  वर्षमा मुलुकभर ४९० बृद्धाश्रम खोलिने मन्त्री खड्काले जानकारी दिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ