arrow

'निर्वाचनमा मतदान गर्नु ''च्वाइस'' होर्इन ''ड्युटी'' हो'

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
ayodhi_yadab_kawasoti.jpeg
कावासोती । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन् । नेपाल जेसिजले सोमबार आयोजना गरेको लोम÷लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने– “विधिको शासन कायम गर्न प्रयास गर्नपरेको छ । अहिले संविधान भए पनि विधिको शासनको अभाव छ ।” 
 
परिवर्तनको आधारशिला युवा नै भएकाले युवाले मतदानलाई आफ्नो अधिकारका रुपमा ग्रहण गर्नुपर्ने प्रमुख आयुक्त यादवको भनाइ थियो । “मतदान च्वाइस होइन, ड्युटीका रुपमा बुझ्नुहोस्, यसले नै विधिको शासनलाई सहयोग पुग्छ,” उनले भने – “दलको अगुवा युवा नै हो । द्वैध चरित्र देखाउन छोड्नुपर्छ ।” 
 
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि राजनीतिक दलका भ्रातृ संस्था आवद्ध युवालाई जानकारी गराउने काम भइरहेको पनि उनले बताए। निर्वाचन मेनेफेस्टो (घोषणा पत्र) का आधारमा हुन छाडी मनीफेस्टो (पैसा)का आधारमा हुने प्रवृत्ति हावी भएकाले यसको अन्त्यका लागि युवाले सक्रियता देखाउनुपर्ने उहाँको भनाइ थियो । 
 
कार्यक्रममा देशभरका जेसिज आवद्ध करिब पाँच सयजना पदाधिकारीको सहभागिता रहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ