arrow

४ बुँदे सहमति गर्दै पत्रकार महासंघ कार्यालयको अनसन तोडियो

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
mahasangh_ansan.jpeg
काठमाडौं । नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित सदस्यता वितरण तत्काल रोक्नुपर्ने लगायतका चारबुँदे माग राखेर केन्द्रीय कार्यालयको मुलढोकामा छ दिनदेखि आमरण अनसनरत पत्रकार र महासंघबीच ४ बुँदे सम्झौता भएको छ । सोमबार साँझ सम्झौता भएसँगै उनीहरुले अनसन पनि तोडेका छन् ।
 
महासंघका पाँचथर शाखाका सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारी छ दिनदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशनमा बसिरहेका थिए । तर, उनीहरुले उठाएका जायज माग पुरा गर्न महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टसहितको टोलीले अस्वीकार गरेपछि पटकपटकको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । 
 
तर, सोमबार भने  अनसनरत पक्षले उठाएका माग बमोजिम नै पाँचथर शाखाले पठाएको सूची अनुसार अधिवेशन हुने लगायतका माग सम्बोधन भएपछि अनसन तोडिएको हो ।
 
विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नवीकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नवीकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशनको मिति तोक्नुपर्ने, राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्दै विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाही गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै उनीहरु अनुसनमा बसेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ