arrow

मुलुकको अर्थतन्त्र बलियो बनाउन स्वदेशी उद्योगको विकास गर्नुपर्छ : नेपाल

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
madhab-nepal-news-aaja.jpeg
काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्र बलियो बनाउन स्वदेशी उद्योगको विकास तथा विस्तार गर्नुपर्ने बताएका छन् । 
 
घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनीको सोमबार अवलोकन गरेपछि पूर्वप्रधानमन्त्री नेपालले घरेलु तथा हस्तकला उद्योगबाट उत्पादनले रोजगारीको अवसर वृद्धि गरी अर्थतन्त्रलाई गतिशील बनाउने बताए । उनले नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय तहमा राम्रो माग हुने गरेको बताउँदै यस्ता उद्योगलाई सरकारले प्राथमिकता दिएमा जनशक्ति बिदेसिनबाट रोकिने विश्वास व्यक्त गरे। 
 
नेता नेपालले महिलालाई व्यावसायिक तालिम उपलब्ध गराएर महिला उद्यमी कार्यक्रम सञ्चालन गरेमा महिला सशक्तीकरणसमेत हुने विचार व्यक्त गर्दै यस्ता प्रदर्शनीलाई ग्रामीण भेगमा पनि पुर्‍याउनुपर्ने खाँचो औँल्याए । तीन सय बिक्री कक्ष रहेको सो प्रदर्शनीमा देशका सबै जिल्लाबाट उद्यमी तथा उनीहरुका प्रतिनिधिको सहभागिता छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ