arrow

तीनै तहको निर्वाचन गराउन खबरदारी गरिने

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
subash-nembang3.jpg.jpeg
धनकुटा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुने दाबी गरेका छन् ।  
 
एमाले धनकुटाले सोमबार डाँडाबजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेम्वाङले संविधान संशोधनका पक्षधर समूहको सङ्ख्या दिनदिनै घट्दै गएको तथा राप्रपाले समेत विपक्षमा मतदान गर्ने भएकाले विधेयक पारित नहुने निश्चित रहेको बताए । 
 
“देशको अवस्था जटिल मोडमा रहेकाले एमाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न तत्पर छ, आगामी २०७४ माघभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न हामी सरकारलाई खबरदारी गर्छौ ।” मधेसकेन्द्रित दल सत्ता समर्थक रहेर संविधानको विरोध गर्नुमा कुनै तुक नभएको उनको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ