arrow

स्ववियु चुनावमा विद्यार्थीकै अवरोध, ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुने

क्याम्पसहरुले आन्तरिक सहमतिमा पछि चुनाव गर्न सक्ने

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
FSU.jpeg
काठमाडौं । विद्यार्थी संगठनहरुकै विवादका कारण बुधबार निर्धारित गरिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार अब बुधबार जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनसक्ने भएको छ ।
 
तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा मात्र चुनाव हुने भएको हो । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष एवं केन्द्रीय निर्वाचन समिति संयोजक सुधा त्रिपाठीले ४० प्रतिशत क्याम्पसमा मात्र बुधबार चुनाव हुने भन्दै अन्यको हकमा केन्द्रीय निर्वाचन समितिले केही नगर्ने स्पष्ट पारिन् ।
 
उनले हाम्राकुरासंग भनिन्, ‘हामी केही गर्दैनौं अब क्याम्पसहरुले आन्तरिक समझदारी गरेर चुनाव गर्न सक्छन् ।’
 
सत्तारूढ नेपाली कांग्रेसनिकट नेविसंघ र प्रमुख प्रतिपक्षी एमालेनिकट अनेरास्ववियु, माओवादी वैद्य र विप्लव तथा मधेसी विद्यार्थी संगठनलगायतले विभिन्न कलेजमा अवरोध गरेपछि ६० प्रतिशत क्याम्पसमा चुनाव हुन नसक्ने भएको हो ।
 
विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सारिएको थियो । तर विद्यार्थीहरुको गलत राजनीतिक उद्दण्डताले गर्दा आठ वर्षपछि हुँदै गरेको निर्वाचन पनि हुन नसकेको हो । 
मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ । त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् ।
 
हरेक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विद्यार्थी नेताहरुकै गलत प्रवृत्ति र त्रिविविको झनै बढी राजनीतिक खिचातानीले हुन सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ