arrow

ट्रम्प सुरक्षा बढाउनेतिर लागे, रक्षा बजेट १० प्रतिशतले बढाइने

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा बजेट बढाउने तयारी गरेका छन् । सन् २०१८ को प्रस्तावित बजेटमा उनले रक्षामा १० प्रतिशत बजेट बढाउने तयारी गरेको जनाइएको छ । यो झण्डै ५४ अर्ब डलर हुन आउँछ । 
 
सरकारी निकायसँगको परामर्शपछि ट्रम्पले आउँदो मे मा हुने कंग्रेसमा बजेट प्रस्ताव पेश गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
 
वैदेशिक सहायता, पर्यावरणीय सुरक्षाका लागि गरिने खर्चसहित अरु क्षेत्रको बजेट कटौती गरेर रक्षामा खर्च बढाउनसमेत ट्रम्पले प्रस्ताव गरेका छन् ।
 
यो बीचको समयमा उनले कुन निकायले कति खर्च गर्दोरहेछ भनेर पत्ता लगाउने पनि जनाइएको छ । ट्रम्पले चुनावी अभियानका क्रममै सुरक्षा बजेट बढाउने बतााएका थिए । 
 
संचारकर्मीलाई चिढ्याए पनि सुरक्षाकर्मीलाई खुसी पारे आफू सुरक्षित हुन सकिन्छ भन्ने ‘ट्रम्प नीति’ सफल हुने नहुनेबारे अझै टुंगो लागेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ